२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा
अ अ+ अ-

काठमाडाैँ । भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि (भ्वाइस थेरापी) स्वर उपचार सेवा सुरु गरिएको छ ।

अस्पतालका श्रवण, बोली तथा भाषा विशेषज्ञ सुश्मा लामिछानेका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने वा भासिने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्नेलगायत समस्या भएका बिरामीले उक्त सेवा लिन सक्नेछन् ।

उहाँले भन्नुभयो, “स्वर उपचार, बोली उपचार र भाषा उपचार फरक–फरक सेवा हुन् । स्वरसम्बन्धी समस्याको कारण पहिचान गरी बिरामीको आवश्यकताअनुसार उपचार योजना बनाइ सेवा प्रदान गरिन्छ ।”

घाँटीमा रहेको स्वरयन्त्रको पर्दाको कम्पनबाट आवाज उत्पन्न हुने भएकाले त्यहाँ गाँठो, सानो मासु पलाउने वा अन्य समस्या भएमा आवाजमा परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछाने बताउनुहुन्छ । स्वरयन्त्रका पर्दा पूर्ण रूपमा जोडिन नसक्दा पनि आवाज कमजोर वा अस्वाभाविक हुनसक्ने उहाँको भनाइ छ ।

विशेषज्ञ लामिछानेका अनुसार स्वरयन्त्रको पक्षाघात, स्नायु प्रणालीसँग सम्बन्धित स्वर समस्या तथा मानसिक कारणबाट उत्पन्न स्वर समस्यामा पनि आवश्यकताअनुसार उपचार गर्न सकिने छ । पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाकृत मोटो वा गहिरो आवाज हुने समस्यामा पनि स्वर उपचार उपयोगी हुने उहाँले बताउनुभयो ।

स्वर उपचार सुरु गर्नुअघि समस्याको कारण पहिचान गर्नु आवश्यक हुने भएकाले सेवा लिन आउने बिरामीले सुरुमा अस्पतालको नाक, कान तथा घाँटी विभागको परामर्श लिनुपर्नेछ ।

सोही परामर्शका आधारमा चिकित्सकको मूल्याङ्कनपछि आवश्यकताअनुसार घाँटी तथा स्वरयन्त्रको भित्री अवस्था हेर्न विशेष परीक्षण गरिनेछ ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले स्वरसम्बन्धी समस्या भएका बिरामीलाई समयमै परीक्षण, परामर्श तथा उपचारको व्यवस्था गर्न स्वर उपचार सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बिरामीले लामो समयसम्म स्वरमा समस्या भइरहेमा सामान्य रूपमा नलिई चिकित्सकीय परामर्श लिनुपर्छ । कारण पहिचान गरेर समयमै उपचार गर्न सकेमा समस्या न्यूनीकरण गर्न सहयोग पुग्छ । अस्पतालले आगामी दिनमा बोली तथा भाषा उपचारको सेवालाई थप गुणस्तरीय रूपमा विस्तार गरिने जनाएको छ ।