२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने

अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान

अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घरपरिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार सङ्घसंस्थालाई यस्तो आह्वान गरिएको हो ।

सङ्घसंस्थाले प्रस्तावमा आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको सङ्ख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनु पर्नेछ । त्यसैगरी, अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि समावेश गर्नुपर्नेछ । यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सम्झौता भएको भए सोको विवरण समेत उल्लेख गर्न पनि सूचनामा भनिएको छ ।

प्राधिकरणको प्रवक्ता शान्ति महतले इच्छुक साझेदार सङ्घसंस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्थायी आवास बनाउन इच्छुक सङ्घसंस्थाले त्यस सम्बन्धी सम्पूर्ण विवरण खुलाई सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ । ”