२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
अ अ+ अ-
काठमाडाैँ । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पु¥याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
“भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मतको काम पनि अघि बढाइएको छ”, प्रवक्ता न्यौपानेले भन्नुभयो, “आगामी ४÷५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ । यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन ।”
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ १० गतेको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग  अवरुद्ध छन् ।
त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोले पूर्ण रूपमा बन्द छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदिकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर असोज १४ गतेदेखि प्रभावित भएकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । यद्यपि सो सडकमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ ।
यसैगरी, मनाङ जिल्लामा असोज १८ गते आएको बाढीका कारण प्रभावित बनेको बेँसीसहर–खाङ्सार सडक खण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बाँकी अवरुद्ध सडकहरू पनि चाँडोभन्दा चाँडो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र कार्य भइरहेको प्रहरीले जनाएको छ ।
—