काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापति पदको उम्मेदवारी फिर्ता लिनुभएको छ।
उहाँले उपसभापति पदका लागि दर्ता गराउनुभएको उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।
कटुवालका अनुसार चालिसेले उम्मेदवारी फिर्ता लिएसँगै उपसभापति पदको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारको संख्या घटेको छ। पार्टीको जारी महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी फिर्ता लिने क्रम चलिरहेको छ।








