२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य News Polar कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई
अ अ+ अ-

स्टकहोम: सन् २०२६ को रसायनशास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक हेनरी कागान र केन्सो सोईलाई प्रदान गरिने भएको छ। नोबेल पुरस्कार प्रदान गर्ने संस्थाले बुधबार उनीहरूलाई “discovery of non-linear effects and autocatalysis in asymmetric ​organic synthesis” को खोजका लागि पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ।

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार नोबेल सप्ताहअन्तर्गत प्रदान गरिने तेस्रो पुरस्कार हो। यसअघि सोमबार चिकित्सा र मंगलबार भौतिकशास्त्रतर्फका पुरस्कार घोषणा गरिएको थियो।

रसायनशास्त्र तर्फको नोबेल समितिका अध्यक्ष हाइनर लिंकेले यस वर्षको पुरस्कार आधारभूत रसायनशास्त्रसँग सम्बन्धित रहेको बताए। उनका अनुसार धेरै अणुहरू दुई फरक स्वरूपमा पाइन्छन्। यस्ता अणुहरूलाई ‘काइरल’ भनिन्छ, जुन शब्द ग्रीक भाषाको ‘हात’ भन्ने अर्थ दिने शब्दबाट आएको हो। यस्ता अणुहरू एकअर्काका ऐना प्रतिबिम्बजस्ता देखिए पनि पूर्ण रूपमा समान हुँदैनन्।

स्विडेनी आविष्कारक तथा व्यवसायी अल्फ्रेड नोबेलको इच्छापत्रअनुसार विज्ञान, साहित्य र शान्तिका क्षेत्रमा उल्लेखनीय योगदानका लागि सन् १९०१ देखि नोबेल पुरस्कार प्रदान हुँदै आएको छ। विश्वयुद्धका कारण केही वर्ष भने पुरस्कार वितरण रोकिएको थियो।

रसायनशास्त्रीसमेत रहेका नोबेलले १९औँ शताब्दीमा मुख्यतः युद्धसँग सम्बन्धित आविष्कार, विशेषगरी डायनामाइटबाट ठूलो सम्पत्ति आर्जन गरेका थिए। अर्थशास्त्रतर्फको पुरस्कार भने पछि स्विडेनको केन्द्रीय बैंकको आर्थिक सहयोगमा स्थापना गरिएको हो।

यस वर्षका पुरस्कार विजेताहरूले आगामी डिसेम्बर १० मा स्टकहोममा पदक ग्रहण गर्नेछन्।  पुरस्कार विजेताहरूले संयुक्त रूपमा १ करोड २० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) पुरस्कार रकम प्राप्त गर्नेछन्।

नोबेल शान्ति पुरस्कार भने स्विडेनमा नभई छुट्टै नर्वेको ओस्लोमा प्रदान गरिन्छ।