काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रले महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ।
बन्द सत्रमा महामन्त्री घिमिरेले पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषय समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
बन्द सत्रले प्रतिवेदन पारित गरेसँगै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बाटो खुलेको छ। प्रतिवेदनमा पार्टीलाई थप व्यवस्थित, सुदृढ र जनतामाझ लोकप्रिय बनाउँदै अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ।
प्रतिवेदन पारित भएसँगै कांग्रेसको आगामी कार्यदिशा तथा संगठनात्मक गतिविधि सोहीअनुसार अघि बढ्ने भएको छ।








