काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र पाँच घण्टा ढिलो गरी सुरु भएको छ।
बिहान साढे १० बजेका लागि बोलाइएको बन्दसत्र वर्षाका कारण स्थगित गरिएको थियो। वर्षा रोकिएपछि बन्दसत्र अपराह्न ४ बजेदेखि सुरु भएको कांग्रेसको नीति, प्रशिक्षण तथा प्रतिष्ठानले जनाएको छ।
काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत बन्दसत्रमा पार्टीको नीति, संगठन तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने बताइएको छ।








