२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत

एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत
अ अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले गंगा नेम्कुल र सुरज राईलाई विभिन्न जिम्मेवारीमा मनोनयन गरेको छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले ५ अक्टोबर २०२६ मा जारी गरेको पत्रअनुसार नेम्कुललाई संघको मेलमिलाप तथा ज्येष्ठ नागरिक सम्बन्धी संयोजक पदमा मनोनयन गरिएको हो ।

नेम्कुलले नेपाली समुदायप्रति देखाउँदै आएको समर्पण, सक्रियता, जिम्मेवारीबोध, सामाजिक प्रतिबद्धता तथा सेवाभावको मूल्यांकन गर्दै उक्त जिम्मेवारी दिइएको संघले जनाएको छ । उनको अनुभव, क्षमता र सामाजिक योगदानले पोर्चुगलस्थित नेपाली समुदायमा आपसी सद्भाव, एकता, सहकार्य तथा मेलमिलाप प्रवर्द्धन गर्न र ज्येष्ठ नागरिकका हित तथा आवश्यकतासम्बन्धी विषयमा प्रभावकारी समन्वय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास संघले व्यक्त गरेको छ ।

त्यस्तै, सुरज राईलाई एनआरएनए पोर्चुगलको सचिव पदमा मनोनयन तथा नियुक्ति गरिएको छ । नेपाली समुदायप्रति राईले देखाउँदै आएको समर्पण, सक्रियता, जिम्मेवारीबोध तथा सेवाभावको उच्च मूल्यांकन गर्दै सचिवको जिम्मेवारी दिइएको संघले जनाएको छ ।

राईले सचिवको जिम्मेवारी इमानदारी, निष्ठा, पारदर्शिता र पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्ने विश्वास संघले लिएको छ । पोर्चुगलमा रहेका नेपाली समुदायको एकता, सहयोग र हितका साथै संस्थागत विकास तथा सुदृढीकरणमा उनको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ ।

एनआरएनए पोर्चुगलले दुवैलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ