काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।
घिमिरेले मंगलबार पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन समितिका अनुसार निर्धारित समयभित्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन्।