काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रमेशप्रसाद धमलाले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।
धमलाले मंगलबार पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियाअन्तर्गत धमलाले सहमहामन्त्री पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन् । उनले पार्टीको संगठनलाई थप सुदृढ गर्दै कांग्रेसलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । निर्वाचन समितिका अनुसार निर्धारित समयभित्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन्।