२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’

महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझै पनि महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुन नसकेको बताउनुभएको छ ।

नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यायले पार्टीको शुद्धीकरणसँगै महिलासहित सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले महामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसले संविधानमा स्वीकार गरेको समावेशी सिद्धान्तलाई पार्टीको संगठनमा समेत व्यवहारिक रूपमा कार्यान्वयन गर्न नसकेको बताउनुभयो । पार्टीको सिद्धान्तअनुसार सबै समूह र विचारलाई समेटेर काँग्रेसलाई अघि बढाउनु आफ्नो मुख्य प्रतिबद्धता रहेको उहाँको भनाइ छ ।

उपाध्यायले भन्नुभयो, “नेपाली काँग्रेस पार्टीको शुद्धीकरण, संगठन शुद्धीकरण र महिलाहरूको नेतृत्व तहमा पुगेर महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ । महिलाहरूको अधिकारलाई संरक्षण गर्दै हिजो हामीले संविधानसभामा बसेर लेख्यौँ । तर पार्टीभित्र महिलाहरूको अर्थपूर्ण सहभागिता नहुँदा कार्यान्वयन पक्ष फितलो भएको छ ।”

उहाँले काँग्रेसले लिएको समावेशी सिद्धान्तलाई पार्टी संगठनमा पनि प्रत्याभूत गर्नुपर्नेमा जोड दिनुभयो । “मेरो प्रतिबद्धता भनेको तमाम समावेशीहरूको सबै विचारलाई समेट्ने एउटा पार्टी बनाउनुपर्छ भन्ने हो,” उहाँले भन्नुभयो ।

उपाध्यायले देशभरबाट आएको माग र आवश्यकतालाई सम्बोधन गर्न काँग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाइएको बताउनुभयो । पार्टीभित्र यस विषयमा आलोचना भइरहेको भए पनि अन्य राजनीतिक दलको तुलनामा काँग्रेसको केन्द्रीय समितिको संख्या अझै कम रहेको उहाँको दाबी छ ।

ठूलो संख्याको केन्द्रीय समितिले प्रभावकारी रूपमा काम गर्दै पार्टी निर्माणमा परिणाम दिन सके त्यसप्रतिको विरोध अन्त्य हुने उहाँले बताउनुभयो ।

“अहिलेको आवश्यकता र मागबमोजिम देशभरबाट केन्द्रीय समितिमा काम गर्छु भन्नेहरूको संख्या बढेकाले केही संख्या बढाइएको हो । अन्य राजनीतिक पार्टीभन्दा हाम्रो कमै छ, अहिले पनि । भोलि यति संख्याले काम गर्दा साँच्चिकै पार्टी बन्दो रहेछ भन्ने प्रत्याभूति गराउन सकियो भने यो विरोधाभास अन्त्य हुन्छ,” उहाँले भन्नुभयो ।

उपाध्याय नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो । यसअघि सहमहामन्त्री भएर काम गरिसकेको अनुभव रहेकाले अहिले महामन्त्री पदमा आफ्नो दाबी स्वाभाविक रहेको उहाँको भनाइ छ ।

–न्युज एजेन्सी नेपाल