१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह

ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड

ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड
अ अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगम उच्च ब्याजदर र सरकारी निकायबाट उठ्न बाँकी करोडौँ रुपैयाँका कारण आर्थिक संकटमा परेको निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बताउनुभएको छ।

सोमबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै खर्च भइरहेको भन्दै तत्काल वित्तीय सुधार आवश्यक रहेको बताउनुभयो।

उहाँका अनुसार निगमले राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिड–१९ महामारीका बेला गरिएको उद्धार तथा औषधि ढुवानी र विभिन्न मुलुकमा गरिएको उद्धार उडानबापत नेपाल सरकारबाट १३ करोड ७५ लाख रुपैयाँ लिन बाँकी छ। यसमध्ये सन् २००५ को भ्रमणबापत ४ करोड २७ लाख, कोभिडकालीन औषधि ढुवानीबापत १ करोड ५४ लाख, पाकिस्तानको बाढी उद्धार उडानबापत १ करोड १४ लाख र इजरायल उद्धार उडानबापत ५ करोड ७८ लाख रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो।

सरकारी निकायलाई पटक–पटक पत्राचार गरे पनि बक्यौता रकम भुक्तानी हुन नसक्दा निगमको नगद प्रवाहमा समस्या परेको कालाखेतीको भनाइ छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमा क्रमशः ९.२५ प्रतिशत र १०.५ प्रतिशत ब्याज तिर्दै आएको छ। कालाखेतीले ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगमलाई नाफामा लैजान सहज हुने दाबी गर्नुभयो।

उहाँका अनुसार निजी बैंकहरूले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने प्रस्ताव गरे पनि सञ्चय कोषको ऋणसम्बन्धी सर्तका कारण निगमले त्यस्तो विकल्प रोज्न सकेको छैन। सञ्चय कोषको ऋण चुक्ता गरेपछि मात्र अन्य वित्तीय संस्थाबाट ऋण लिन सकिने प्रावधानका कारण निगमले महँगो ब्याज तिर्नुपरेको उहाँले बताउनुभयो।

‘नेपाल वायुसेवा निगमको मुख्य समस्या महँगो ब्याजदर, ठूलो ऋण दायित्व र विगतका सुधारसम्बन्धी प्रतिवेदन कार्यान्वयन नहुनु हो,’ कालाखेतीले भन्नुभयो, ‘ऋण पुनर्संरचना, ब्याजदर घटाउने, सरकारी सहयोग र व्यवस्थापन सुधार आवश्यक छ। ब्याज खर्च घटाउन सकिए निगमलाई नाफामूलक बनाउन ठूलो सहजता हुन्छ।’

विगतमा निगम सुधारका लागि गठन भएका विभिन्न अध्ययन समितिले दिएका सुझाव कार्यान्वयन हुन नसकेकोप्रति पनि उहाँले असन्तुष्टि जनाउनुभयो। निर्णय गर्ने तहमा रहेका व्यक्तिहरू नै पछि ती निर्णय कार्यान्वयनमा उदासीन हुँदा निगम सुधारको प्रक्रिया थप जटिल बनेको उहाँको भनाइ थियो।