१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा

वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल

वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले परामर्श अघि बढाएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले लिएको ऋणको ब्याजदर तथा किस्ता भुक्तानीलाई व्यावहारिक बनाउने विषयमा सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिनुभयो ।

उहाँले निगमको करिब ५० देखि ५६ अर्ब रुपैयाँ बराबरको दायित्व राष्ट्रिय ध्वजावाहकजस्तो ठूलो ब्रान्ड र सम्पत्ति भएको संस्थाका लागि धान्नै नसकिने अवस्था नभएको दाबी गर्नुभयो । निगमले लिएको ऋणलाई व्यवस्थापन गर्न सकिने भन्दै ब्याजदरमा केही सहजीकरण गर्न सके नगद प्रवाह सहज हुने उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘नेपाल वायुसेवा निगम नाफामुखी संस्था होइन, तर यसलाई वित्तीय रूपमा सक्षम र व्यवस्थित बनाउन आवश्यक छ । निगमको मुख्य समस्या अहिलेको ऋण तथा ब्याजदर व्यवस्थापनसँग सम्बन्धित छ ।’

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा सर्वसाधारण तथा कर्मचारीको बचत रकम रहेकाले उनीहरूको लगानी जोखिममा नपर्ने गरी ऋण व्यवस्थापनको सन्तुलित उपाय खोज्नुपर्ने दायित्व सरकारको रहेको उहाँले बताउनुभयो ।

ब्याजदर पुनरावलोकन र ऋण पुनर्संरचनाका विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग समेत छलफल भइरहेको जानकारी दिँदै मन्त्री पौडेलले अर्थमन्त्री स्वदेश फर्किएपछि ठोस वित्तीय कार्ययोजना बनाउन थप छलफल गरिने बताउनुभयो ।

निगमलाई तत्काल नयाँ जहाज खरिद गर्न आर्थिक स्रोत अपुग भए लिजमा जहाज ल्याएर सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । साथै, मौजुदा जहाजको उडान तालिका वैज्ञानिक ढंगले व्यवस्थापन गरेर आम्दानी बढाउन सकिने विकल्प पनि रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय दायित्व बोकेको सार्वजनिक संस्थाका रूपमा निगमलाई वित्तीय संकटबाट बाहिर ल्याउन अन्तरमन्त्रालय समन्वयलाई तीव्र बनाइएको मन्त्री पौडेलले समितिलाई जानकारी गराउनुभयो।