१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘जेनजीको बलिदानले राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद बने’ News Polar कोरियाली चिकित्सकद्वारा बाढीपीडितलाई राहत सामग्री News Polar सभामुख अर्याल तान्जानिया प्रस्थान News Polar बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ र पार्टीले गाली गर्न पाए News Polar तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै News Polar दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन News Polar प्रधानमन्त्री भारत जाँदै, परराष्ट्र भन्छ-तयारी सुरु भयो News Polar अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त News Polar श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको मृत्यु, हजारौँ प्रभावित News Polar यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध News Polar सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा

बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा
अ अ+ अ-

काठमाडौँ। पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदुःख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ ।

हरितालिका तीज पर्व सरु भएको, वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व आउनै लागेको र समग्रमा मुलुक चाडपर्वमय भएको विद्यमान अवस्थामा सामाजिक कथामा आधिारित चलचित्रलाई दशर्कले रुचाएको देखिन्छ ।

यसैबीच, गत शुक्रबारदेखि सुरु भएको प्रेम कहानीमा आधारित बेहुली चलचित्रले हरितालिका तीजको दिन मात्र रु ७०–८० लाख ‘ग्रस’ व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार देशभरका सिनेमा हलहरूमा करिब १५० ‘शो’ पाएको थियो । अधिकांश हलहरू भरिभराउ भएका र दर्शकदीर्घाबाट उत्साहजनक रूपमा साथ पाइएको छ ।

सो चलचित्रका मुख्य कलाकारहरू पारसबम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ तथा निर्देशक शशान कँडेललगायतको टोली बजार प्रबर्द्धनका क्रममा आज चितवन पुगेको र सो टोलीले क्रमशः देशव्यापी भ्रमण गर्ने कार्यक्रम रहेको निर्माता अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

नेपाली समाजभित्रको यथार्थ भावना, युवा–युवतीको मनोभाव र पारिवारिक मर्मस्पर्शी कथावस्तुमा आधारित सो चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गर्नुभएको हो ।

यस्तै, शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘पेन्सन पट्टा’ लाई पनि दर्शकको राम्रो साथ मिलिरहेको निर्देशक माओत्से गुरुङले बताउनुभयो । उहाँका अनुसार तीजको दिन चलचित्रले अपेक्षाकृत व्यापार गरिरहेको छ र दर्शकबाट राम्रो पृष्टपोषण प्राप्त गरिरहेको छ । चलचित्रकर्मी दयाहाङ राईको प्रमुख अभिनय रहेको  सो चलिचत्रमा सुनिल थापा, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले अभिनय गर्नुभएको छ ।

डा कपिल रिजालको ‘गौँथली’ चलचित्र सार्वजनिक भएको धेरै दिन भएपनि दर्शकका साथ रहेको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मकरूपमा राम्रो कमाइ रहेको सो चलचित्रमा अरुण क्षेत्री, सिमरन खड्कालगायतले अभिनय गर्नुभएको छ । रासस