१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
अ अ+ अ-

बनेपा (काभ्रे), १८ असोजः उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताउनुभएको छ । आज बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको बताउनुभयो ।

अध्यक्ष घिसिङले देश निर्माणका लागि सहकार्य र समन्वयमार्फ सबै निरन्तर खटिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले एक दिन र एक घण्टा पनि खेर नफाली निरन्तर मेहनतका साथ काम गर्नुपर्नेछ ।” उहाँले लामो समयदेखि आर्थिक सङ्कट तथा अभावमा गुज्रिएको मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन संस्थागत सुदृढीकरण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालको जलस्रोत, कृषि तथा प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्दै हरित क्रान्तिमार्फत देशको अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । कृषिको आधुनिकीकरण, स्वच्छ ऊर्जाको प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न तथा स्वदेशमै उद्यम गर्न प्रेरित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।रासस