काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ एउटा व्यङ्ग्यात्मक टिप्पणी गरेर आफ्नो फेसबुक वालमा लेखेका छन् ।
उनले लेखेका छन्— ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’
प्रधानमन्त्री बालेनले खुलामञ्चबारे धारणा राख्दै आफ्नो फेसबुक स्टाटसमा सेयर गरेका हुन् ।
आजैबाट खुलामञ्चमा नेपाली कांग्रेसको १५ औं महाधिवेशन सुरु भएको छ । आज खुलामञ्चमा सो पार्टीको महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो । लामो समय बन्द भएको खुलामञ्चमा पछिल्लो समय राजनीतिक तथा अन्य सभाहरू गर्न रोक लगाइएको थियो ।
यसअघि प्रधानमन्त्री शाह काठमाडौं महानगरको मेयर हुँदा खुलामञ्चलाई अहिलेको स्वरुपमा स्तरोन्नती गरेका थिए ।
सायद कांग्रेसले आज महाधिवेशनको आयोजना गरेकाले नै उनले यो टिप्प्णी गरेका हुनसक्छन् । आज खुलामञ्चमा भएका कांग्रेसको सो कार्यक्रममा एक आर्का नेतामाथि घोचपेच पनि भएको थियो ।









