१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘जेनजीको बलिदानले राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद बने’ News Polar कोरियाली चिकित्सकद्वारा बाढीपीडितलाई राहत सामग्री News Polar सभामुख अर्याल तान्जानिया प्रस्थान News Polar बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ र पार्टीले गाली गर्न पाए News Polar तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै News Polar दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन News Polar प्रधानमन्त्री भारत जाँदै, परराष्ट्र भन्छ-तयारी सुरु भयो News Polar अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त News Polar श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको मृत्यु, हजारौँ प्रभावित News Polar यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध News Polar सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान

सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान
अ अ+ अ-

काठमाडौं:  सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गर्नुभएको छ।

सभामुख अर्याल आइतबार, १८ असोज २०८३ साँझ ७:०० बजे कतार एयरवेजको उडान QR 645 मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गर्नुभएको हो। उहाँ सोही दिन राति ९:१५ बजे कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुनेछ। त्यसपछि राति २:१० बजे कतार एयरवेजको उडान QR 1499 मार्फत दोहाबाट तान्जानियाको किलिमान्जारोतर्फ प्रस्थान गरी ५ अक्टोबर २०२६ को बिहान ७:३५ बजे किलिमान्जारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ।

उहाँसँगै प्रतिनिधिमण्डलमा सभामुखज्यूकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका माननीय सदस्य रविन महत्तो, राष्ट्रिय सभाका माननीय सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी हुनुहुन्छ। साथै, प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखज्यूका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ।

तान्जानियाको अरुषा सहरमा आयोजना हुने अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ (१९ देखि २३ असोज २०८३) सम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्तालगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

महासभाको पहिलो दिन, ५ अक्टोबर २०२६ सोमबार (१९ असोज २०८३) प्रतिनिधिमण्डलका सल्लाहकार तथा सचिवहरूको बैठक हुनेछ। त्यसैगरी, एसिया प्रशान्त समूहको बैठक तथा महिला सांसदहरूको मञ्चको कार्यक्रम आयोजना हुनेछ। यसै दिन थाइल्यान्डको राष्ट्रिय सभाको माथिल्लो सदनका सभामुख महामहिम मोंगकोल सुरसज्जाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ। साथै, अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख माननीय मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल तथा चीनको राष्ट्रिय जनकांग्रेसअन्तर्गत शिक्षा, विज्ञान, संस्कृति तथा जनस्वास्थ्य समितिका उपाध्यक्ष तियान सुएजुनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग पनि द्विपक्षीय भेटवार्ता हुनेछ। यसै दिन महासभाको औपचारिक उद्घाटन समारोह हुनेछ।

दोस्रो दिन, ६ अक्टोबर २०२६ मंगलबार (२० असोज २०८३) प्रतिनिधिमण्डलले लेक न्यासा भवनस्थित लेक न्यासा हलमा आयोजना हुने गभर्निङ काउन्सिलको बैठकमा सहभागिता जनाउनेछ। यसै दिन बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ।

यसै दिन लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा सशक्तीकरण प्रवर्द्धनका लागि संसदीय रणनीतिसम्बन्धी मस्यौदा प्रस्तावमाथि छलफल तथा पूर्ण बैठकमा प्रस्ताव लेखनको कार्य सुरु हुनेछ। शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगका कारण उत्पन्न चुनौतीबीच शान्ति सुरक्षामा संसद्को भूमिका तथा संसदीय कूटनीति, मध्यस्थता र संवादमार्फत दिगो शान्ति स्थापनासम्बन्धी विषयमा प्यानल छलफल हुनेछ।

यसै दिन “समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण” विषयमा महासभाको सामान्य छलफल सुरु हुनेछ। साँझ तान्जानियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। आकस्मिक विषय (Emergency Item) का सम्बन्धमा सम्माननीय सभामुखज्यूको सम्बोधनका लागि समेत समय निर्धारण हुन सक्नेछ।

तेस्रो दिन, ७ अक्टोबर २०२६ बुधबार (२१ असोज २०८३) महासभाको सामान्य छलफल निरन्तर सञ्चालन हुनेछ। संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा सुधारिएको संयुक्त राष्ट्रसंघीय प्रणालीको प्रतिबिम्बका रूपमा तान्जानियामा रहेको संयुक्त राष्ट्रसंघीय देश टोलीसम्बन्धी प्यानल छलफल हुनेछ। साथै, “अझ प्रभावकारी र प्रतिनिधिमूलक संयुक्त राष्ट्रसंघतर्फ” शीर्षकको प्रस्तावमाथि छलफल गरी संयुक्त राष्ट्रसंघको बडापत्र पुनरावलोकनसम्बन्धी सम्मेलन आह्वान गर्ने प्रस्तावमाथि निर्णय हुनेछ।

लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्तावको पूर्ण बैठकमा लेखन कार्य सम्पन्न गरिनेछ। दिगो विकाससम्बन्धी स्थायी समितिमा सन् २०३० सम्म पर्वतीय तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण तथा ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा द्वन्द्वका समयमा समुद्री सुरक्षा तथा महत्वपूर्ण पूर्वाधारको संरक्षण, अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी आर्थिक स्थायित्वमा संसद्को भूमिकासम्बन्धी विज्ञ छलफल हुनेछ। साथै, उक्त समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। महासभामा सामान्य छलफललाई निरन्तरता दिइनुका साथै क्रेमर पासी पुरस्कार प्रदान गर्ने तथा आकस्मिक विषयमाथि मतदान गर्ने कार्यक्रम रहेको छ।

चौथो दिन, ८ अक्टोबर २०२६ बिहीबार (२२ असोज २०८३) संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा द्वन्द्व रोकथाम तथा समाधानका लागि संयुक्त राष्ट्रसंघीय संयन्त्रले कसरी काम गर्छ भन्ने विषयमा प्यानल छलफल तथा समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। महासभामा आकस्मिक विषयमाथि छलफलका साथै सामान्य छलफललाई निरन्तरता दिइनेछ।

दिगो विकाससम्बन्धी स्थायी समितिमा कृत्रिम बुद्धिमत्ता र रोजगारीको भविष्यसम्बन्धी प्यानल छलफल, टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (COP31) मा हुने संसदीय बैठकका लागि तयारी तथा समितिको ब्युरोका लागि निर्वाचन हुनेछ। महासभामा अन्तरव्यवस्थापिका संघका प्रस्ताव तथा अन्य निर्णयहरूको कार्यान्वयनसम्बन्धी विशेष जवाफदेहिता सत्र आयोजना हुनेछ र सामान्य छलफल सम्पन्न गरिनेछ।

लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्ताव पारित गर्ने तथा समितिको ब्युरोका लागि निर्वाचन गर्ने कार्यक्रम रहेको छ। साँझ सबै प्रतिनिधिमण्डलका लागि सांस्कृतिक साँझको आयोजना हुनेछ।

पाँचौँ दिन, ९ अक्टोबर २०२६ शुक्रबार (२३ असोज २०८३) लेक न्यासा भवनस्थित लेक न्यासा हलमा अन्तरव्यवस्थापिका संघको गभर्निङ काउन्सिलको बैठक हुनेछ। बैठकमा अन्तरव्यवस्थापिका संघको अध्यक्षको निर्वाचन, सांसदहरूको मानवअधिकारसम्बन्धी विषयमा निर्णय तथा विभिन्न विशेष बैठकका प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यसपछि महासभाको बैठकमा विभिन्न प्रस्ताव पारित गर्ने, स्थायी समितिहरूका प्रतिवेदन प्रस्तुत गर्ने, सामान्य छलफलको निष्कर्ष दस्तावेज पारित गर्ने तथा अन्तरव्यवस्थापिका संघको विधानमा प्रस्तावित संशोधनहरू अनुमोदन गर्ने कार्यक्रम रहेको छ। महासभाको समापनपछि प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबीतर्फ प्रस्थान गर्नेछ।

महासभापछिको कार्यक्रमअन्तर्गत छैठौ दिन १० अक्टोबर २०२६ शनिबार (२४ असोज २०८३) नैरोबीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा नैरोबी नेसनल पार्क, जिराफ सेन्टर र डेभिड शेल्ड्रिक वन्यजन्तु संरक्षण केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

११ अक्टोबर २०२६ आइतबार (२५ असोज २०८३) नैरोबी सहरको भ्रमण गरी यहाँका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन तथा स्थानीय जीवनशैलीबारे जानकारी लिने कार्यक्रम रहेको छ।

१२ अक्टोबर २०२६ सोमबार (२६ असोज २०८३) केन्याको संसद् भवनस्थित समिति कक्षमा उपसभामुख तथा सांसद माननीय ग्लाडिस जेप्कोसेगी बोससँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि संसदीय बजेट कार्यालयसँग भेटघाट तथा अन्तरक्रिया हुनेछ। कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधिमण्डल नैरोबीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईको उडानमार्फत दुबईतर्फ प्रस्थान गर्नेछ। दुबईबाट काठमाडौंतर्फ प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनसँगै भ्रमण कार्यक्रम सम्पन्न हुनेछ।