काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले जेनजी आन्दोलनकै कारण राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद बन्न पाएको भन्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसपछि प्रतिक्रिया जनाउँदै बमले लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
बमको उक्त टिप्पणी प्रधानमन्त्री शाहको स्टाटसप्रति लक्षित रहेको देखिन्छ। उनले जेनजी आन्दोलनका क्रममा भएको बलिदान र त्यसपछि स्थापित राजनीतिक नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै यस्तो प्रतिक्रिया दिएको जनाएकी छन्।








