१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘जेनजीको बलिदानले राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद बने’ News Polar कोरियाली चिकित्सकद्वारा बाढीपीडितलाई राहत सामग्री News Polar सभामुख अर्याल तान्जानिया प्रस्थान News Polar बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ र पार्टीले गाली गर्न पाए News Polar तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै News Polar दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन News Polar प्रधानमन्त्री भारत जाँदै, परराष्ट्र भन्छ-तयारी सुरु भयो News Polar अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त News Polar श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको मृत्यु, हजारौँ प्रभावित News Polar यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध News Polar सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त
अ अ+ अ-

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनलाई ह्वाइट हाउसको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यदलको नेता तोकेका छन् ।

अनुसन्धानकर्ताहरूले यस प्रविधिको सम्भावित खतराबारे चेतावनी दिइरहेका समय यो नियुक्ति भएको हो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ, “सुपर इन्टेलिजेन्स फोर्सको नेतृत्व क्लेटनलाई सुम्पिएको छु । यसलाई संघीय सरकारको प्रयासमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।”

उहाँले भन्नुभयो, “अमेरिका संसारमा ‘सुपर इन्टेलिजेन्स’मा अगाडि रहोस् । धेरैले भन्छन् यो औद्योगिक क्रान्ति र इन्टरनेटभन्दा ठूलो हो । यसले सबै अमेरिकीहरूको हित र रक्षा गर्नेछ, साथै, उनीहरूको जीवन सुधार्नेछ ।”

ह्वाइट हाउसले शनिबार २४ वर्षीया रिपोर्टर बेनी रे हार्मनीलाई प्रवक्ता तथा सहायक प्रेस सेक्रेटरी बनाएको थियो । उहाँ ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट हाउस संवाददाताका रूपमा काम गर्दै आउनुभएको थियो ।

हार्मनीले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँको नियुक्ति ह्वाइट हाउस प्रेस सेक्रेटरीको पद खाली रहेका समय भएको छ ।

यसअघि प्रेस सेक्रेटरी रहनुभएकी क्यारोलिन लेभिट अगस्टको अन्त्यमा यो पदबाट हट्नुभएको थियो । ट्रम्प प्रशासनले अहिलेसम्म उहाँको स्थायी उत्तराधिकारीको नाम घोषणा गरेको छैन।

हार्मनी पछिल्लो समयमा ह्वाइट हाउस ‘प्रेस पूल’ को नियमित सदस्य बन्न पुग्नुभएको थियो ।  (रासस/एएफपी)