१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’

‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
मुख्यमन्त्री थापामगर–मन्तव्य ललितपुर, १८ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका १० वर्ष’ विषयक अन्तरसंवाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरे÷रासस
अ अ+ अ-

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीयताको कार्यान्वयनमा भएको कमजोर पक्षको सुधार गर्दै समृद्ध बागमती प्रदेश निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीयका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताउनुभएको छ ।

बागमतीको प्रदेश सुशासन केन्द्रले आज ललितपुरमा आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका १० वर्ष’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय नहुँदा प्रदेशबाट पठाइएका वित्तीय हस्तान्तरण तथा साना विकास योजनाको कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

“स्थानीय तहसँग समन्वय नगरी प्रदेशस्तरबाट योजना समावेश गर्दा कतिपय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्था छ । तीनै तहका जनप्रतिनिधि र सरकारबीच सहकार्य भएमा विकास निर्माणका योजना प्रभावकारी रूपमा सञ्चालन हुनेछन्, जसबाट बागमती प्रदेशका १३ वटै जिल्लाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्”, मुख्यमन्त्री थापामगरले भन्नुभयो ।

उहाँले बागमती प्रदेश सरकारले शिक्षा क्षेत्रमा शिक्षक क्षमता विकास, सूचना तथा सञ्चार प्रविधि (आइसिटी) कक्षा तथा आवश्यक उपकरणका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो । प्रदेश सरकारले बागमती विश्वविद्यालय सञ्चालन गर्नुका साथै स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सेवा तथा जनशक्ति विकासमा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशका विभिन्न कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक गतिविधिमा योगदान पुर्‍याइरहेको बताउँदै मुख्यमन्त्री थापामगरले स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य र सङ्घीय सांसदबीच पनि निरन्तर समन्वय आवश्यक रहेको धारणा राख्नुभयो । सरकारले निर्माण गरेका ऐन, कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंले सङ्घीयता कार्यान्वयन र सवलीकरणमा प्रदेश सरकारले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेकामा जोड दिनुभयो । सीमित स्रोतसाधनको बाबजुद पनि प्रदेश सरकारले सङ्घीयताको कार्यान्वयनका सन्दर्भमा कानुन निर्माण गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जानकारी गराउँदै जिम्मेवारी पदमा रहेका सबैको सकारात्मक भूमिका रहनुपर्ने धारणा राख्नुभयो ।

उपप्रमुख चापागाईंले सङ्घीयताको कार्यान्वयन र नागरिकमैत्री कानुन निर्माणमा प्रदेशसभाबाट महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको जनाउँदै बागमती प्रदेशले सङ्घीयताको कार्यान्वयन र सवलीकरणमा सातै प्रदेशको अगुवा प्रदेशका रूपमा आफूलाई स्थापित गर्दै भइरहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले संविधानको अनुसूचीमा लेखिएका अधिकारहरू कार्यान्वयन नभएसम्म सङ्घीयता सवलीकरण नहुने भन्दै सङ्घीयताको सफल कार्यान्वयनमा तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक पर्नेमा जोड दिनुभयो । सङ्घीयताको सन्दर्भमा पदमा हुँदा एउटा र पदमा नरहँदा अर्को व्याख्या गर्ने पद्धति राख्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले राज्यशक्तिको बाँडफाँडको सिद्धान्तलाई तीनै तहबीच कानुनी रूपमा हुनुपर्ने उहाँको भनाइ छ ।

सङ्घीयताविज्ञ एवं राष्ट्रियसभाका पूर्वसदस्य डा खिमलाल देवकोटाले सङ्घीयताको कार्यान्वयनसँगै सिंहदरबारको अधिकार नागरिकको घरदैलोमा पुगेको, प्रदेशिक र स्थानीय विकासको जग बसेको, स्रोत र साधनको समानुपातिक बाँडफाँड र सहभागितामूलक विकास र शान्ति कायम भएको उल्लेख गर्नुभयो । उहाँले तीन तहबीचको समन्वयमा शान्ति, सुशासन र विकासमा काम गर्दै सङ्घीयता सवलीकरणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको आर्थिक, सामाजिक विकास पनि प्रभावकारी रूपले अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन कायम र पारदर्शिता प्रवर्द्धनका लागि जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्ने, सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्दै जानुपर्ने र विकासलाई नागरिकले आत्मसात र अनुभूति गर्न सक्ने गरी अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो । पहुँचका आधारमा भन्दा पनि नागरिक र समुदायको आवश्यकताका आधारमा विकासलाई अगाडि बढाइनुपर्ने उहाँको भनाइ छ ।

विदुर नगरपालिकाका उपप्रमुख प्रभा वोगटीले स्थानीय तहबाट संस्थागत विकासमा निरन्तर योगदान भइरहेको जानकारी गराउँदै नागरिकको सेवा प्रवाहमा सकारात्मक काम भएका बताउनुभयो । उहाँले विपद्मा प्रदेश सरकारले खेलेको भूमिका उल्लेखनीय र महत्त्वपूर्ण भएको बताउनुभयो ।

प्रदेश सचिव उमेशकुमार ढकालले प्रदेश स्थापनादेखि हालसम्म भएका उपलब्धि एवं चुनौती, सेवा प्रवाहमा भएका सुधार तथा संस्थागत विकास, स्थानीय तहसँगको समन्वयलगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियोे । रासस