१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘जेनजीको बलिदानले राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद बने’ News Polar कोरियाली चिकित्सकद्वारा बाढीपीडितलाई राहत सामग्री News Polar सभामुख अर्याल तान्जानिया प्रस्थान News Polar बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ र पार्टीले गाली गर्न पाए News Polar तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै News Polar दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन News Polar प्रधानमन्त्री भारत जाँदै, परराष्ट्र भन्छ-तयारी सुरु भयो News Polar अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त News Polar श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको मृत्यु, हजारौँ प्रभावित News Polar यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध News Polar सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

प्रधानमन्त्री भारत जाँदै, परराष्ट्र भन्छ-तयारी सुरु भयो

प्रधानमन्त्री भारत जाँदै, परराष्ट्र भन्छ-तयारी सुरु भयो
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । मंसिरको दोस्रो साता उनी भारत भ्रमणमा जाने तय भएको हो ।

तर दिन भने निश्चित नभएको र दुवै पक्षको सहमतिमा तय हुने भएको बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो— प्रधानमन्त्रीज्यूले आगामी मंसिर पहिलो सातामा गर्नेगरी भारत भ्रमणको कार्यक्रम तय भएको छ र हामीले त्यसको तयारी थालिसकेका छौँ ।

परराष्ट्र स्रोतले दिन भने यकिन नभएको जनायो । मन्त्रालयको एक उच्च स्रोतले भन्यो— मंसिरको दोस्रो साता उहाँ भारतको भ्रमणमा जान लाग्नुभएको छ र त्यसको तयारी हामीले भारतको परराष्ट्र मन्त्रालयको समन्वयमा सुरु गरिसकेका छौँ । भ्रमणका एजेण्डका बारेमा दुवैतर्फबाट छलफल सुरु भएको स्रोतले बतायो ।

भारत तर्फबाट पनि आगामी नोभेम्बर महिनाको अन्तिम साता वा डिसेम्बरको पहिलो सातामा गर्ने गरी भारतले प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको आमन्त्रण गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । सोही बमोजिम नै दुवै तर्फबाट मंसिरको दोस्रो सातामा भ्रमण गर्नेगरी तयारी चलिरहेको बताइएको छ ।

सोही बमोजिम नै परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका अधिकारीहरूबीच प्रधानमन्त्री शाहको भारत भ्रमणलाई कसरी सफल बनाउने भन्ने विषयमा एजेण्डा सहितको छलफल चलिरहेको पनि स्रोतले बतायो ।

शह २०८२ चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका पनि दिएका थिए । तर, भारत तर्फबाट औपचारिक रुपमा समय तोकेरै निम्तो नआएकाले प्रधानमन्त्री शाह भारत भ्रमणमा गएका थिएनन् ।

प्रधानमन्त्री शाह भारत भ्रमणका लागि तयार भएपछि दुवैतर्फबाट तयारी नै थालिएको छ । परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले मंसिरको दोस्रो सातामा पर्नेगरी दुवै तर्फबाट दिन तय गरिएको भएको हो ।

परराष्ट्र मन्त्रालयका एकजना अधिकारी आगामी दशैँपछि लगत्तै विभिन्न मन्त्रालयहरुसँग भ्रमणको एजेण्डका बारेमा आवश्यक छलफल र तयारी बैठकहरु गरिने भएको छ ।
यसअघि पनि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने भनेर एजेण्डाहरु तय भएको थियो । तर, गत बर्षको भदौमा भएको जेनजी आन्दोलनका कारण उनको भ्रमण पनि रोकिएको थियो ।