१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म

आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म
अ अ+ अ-

लन्डन । दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल (एनआईएफएफमा) २०२६ मा भारतको सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जी.टी. ढुंगेल (गे त्सेरिङ ढुंगेल) विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्।

आयोजकका अनुसार आगामी २७ सेप्टेम्बर २०२६ मा बेलायतमा आयोजना हुने फेस्टिभलमा मन्त्री ढुंगेलको विशेष उपस्थिति रहनेछ। आदिवासी चलचित्र, कला, संस्कृति तथा सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिभलमा उनको सहभागिताले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाउने आयोजकको विश्वास छ।

फेस्टिभलमा सिक्किम आर्ट, कल्चर एन्ड हेरिटेज डेभलपमेन्ट बोर्डका अध्यक्ष सञ्जय राई, सिक्किम म्युजिक, ड्रामा, डान्स एन्ड फिल्म बोर्डका अध्यक्ष तासी छिरिङ भुटिया तथा सिक्किमकी निर्देशक नियारा सुब्बा समेत सहभागी हुने आयोजकले जनाएको छ।

त्यस्तै, नेपाली चलचित्र क्षेत्रबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री मिरुना मगर, अभिनेत्री गौमाया गुरुङ, सृजना निङलेक्खु र पशुपति राई लगायतका कलाकारहरूको समेत उपस्थिति रहनेछ।

आदिवासी कथा, संस्कृति र पहिचानमा केन्द्रित

फेस्टिभलमा आदिवासी समुदायका चलचित्र, कला, संस्कृति, भाषा र पहिचानलाई केन्द्रमा राखेर विभिन्न चलचित्र प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

नेपाल तथा भारतका विभिन्न आदिवासी समुदायका चलचित्रकर्मी, कलाकार तथा सांस्कृतिक व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउँदै आपसी सम्बन्ध र सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य फेस्टिभलको रहेको आयोजकले जनाएको छ।

दोस्रो एनआईएफएफ २०२६ तथा नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई रहेका छन् भने फेस्टिभलका निर्देशक तथा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधान रहेका छन्।

फेस्टिभल निर्देशक अरुण प्रधानका अनुसार आदिवासी समुदायका कथा, पहिचान, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

उनका अनुसार फेस्टिभलले आदिवासी चलचित्रकर्मी तथा कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउनुका साथै चलचित्र र संस्कृतिको माध्यमबाट विभिन्न समुदायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।