२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी
Ukraine's President Volodymyr Zelenskyy speaks during a media conference at the EU Summit in Brussels, Thursday, Dec. 18, 2025. (AP Photo/Geert Vanden Wijngaert)
अ अ+ अ-

वार्सा। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा घोषणा गरेको ‘ऊर्जा युद्धविराम’ पालना नगरे युक्रेनले जवाफी कदम चाल्ने चेतावनी दिनुभएको छ ।

सोमबार भिडियोमार्फत वार्सा सुरक्षा मञ्चलाई सम्बोधन गर्दै जेलेन्स्कीले भन्नुभयो, “यदि रुस ऊर्जा युद्धविराममा सहमत भएन भने हामी जवाफ दिनेछौँ ।”

ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा युद्धविरामको घोषणा गरे पनि त्यसबारे विस्तृत विवरण सार्वजनिक नगरेकाले अन्योल उत्पन्न भएको छ । उहाँको घोषणाले किएभलाई आश्चर्यमा पारेको छ भने मस्कोले औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, युक्रेनका पश्चिमी सहयोगीले यस कदमलाई समर्थन गरेका छन् ।

“हामी अमेरिकी र रुसी अधिकारीबीचको वार्ताको विवरण पर्खिरहेका छौँ । साथै, अमेरिकाले कस्ता ठोस कदम चाल्न तयार छ भन्ने पनि हेर्नेछौँ,” जेलेन्स्कीले भन्नुभयो ।

ट्रम्पको ऊर्जा युद्धविरामसम्बन्धी घोषणा रुसी डिजेलमाथि लगाइएका अमेरिकी प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्ने निर्णयको दुई दिनपछि आएको हो । उक्त निर्णयप्रति युरोपेली सहयोगी र युक्रेनले असन्तुष्टि जनाएका थिए । उनीहरूका अनुसार यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप बल पु¥याउन सक्छ ।

जेलेन्स्कीले रुसले युक्रेनका तेल प्रशोधन केन्द्र र तेल निर्यातका पूर्वाधारमा हुने लामो दूरीका आक्रमण रोक्न चाहेको अवस्थामा युक्रेनी ऊर्जा प्रणाली तथा महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्न पनि बन्द गर्नुपर्ने बताउनुभयो ।

“यदि रुस हामीले उसका तेल प्रशोधन केन्द्र र तेल निर्यातमाथि गर्ने लामो दूरीका आक्रमण रोकौँ भन्ने चाहन्छ भने उसले पनि हाम्रो ऊर्जा प्रणाली र महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण गर्न तथा हाम्रा नागरिकको हत्या गर्न बन्द गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

ट्रम्पले यसअघि पनि युक्रेन वा रुसले औपचारिक पुष्टि गर्नुअघि नै आफ्नो ‘ट्रुथ सोसल’ खातामार्फत युद्धविराम तथा अन्य सम्भावित सहमतिबारे घोषणा गर्दै आउनुभएको छ ।

जेलेन्स्कीले तनाव कम गर्न र सुरक्षा सुनिश्चित गर्न ऊर्जा युद्धविरामसहितका ठोस कदम आवश्यक रहेकोमा जोड दिनुभयो ।

“तनाव कम गर्न र सुरक्षाको प्रत्याभूति गर्न ऊर्जा युद्धविराम तथा अन्य कदम वास्तवमै आवश्यक छन्, ती ‘ट्रुथ सोसल’मा मात्र सीमित हुनुहुँदैन,” उहाँले भन्नुभयो । (रासस/एएफपी)