२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव

चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता

चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौं । जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा प्रस्तावित कल्याणराज शर्माले नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउँदै दुई देशबीचको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण, चिनियाँ लगानी आकर्षित गर्ने, मेडिकल पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–चीन व्यापारिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्नुभएको हो।

शर्माले अवरुद्ध तातोपानी नाका सञ्चालनमा ल्याउन तत्काल कूटनीतिक संवाद आवश्यक रहेको बताउनुभयो। त्यस्तै, कोरला नाकाको क्षमता अभिवृद्धि गर्नु पनि अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ। नेपाल–चीन सीमा क्षेत्रको विकट भौगोलिक अवस्थाका कारण व्यापारिक ढुवानीमा देखिएका समस्या समाधान गर्दै नाकाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारको नीतिअनुसार पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै शर्माले चिनियाँ लगानीकर्तालाई नेपालको कृषि, डेरी तथा मासुजन्य उत्पादनको प्रशोधन क्षेत्रमा आकर्षित गर्न सकिने सम्भावना औँल्याउनुभयो। चीनमा लगानी विस्तार भइरहेको उल्लेख गर्दै उहाँले नेपालको आवश्यकता र बजारको मागअनुसार लगानीमैत्री वातावरण बनाउन सके चिनियाँ लगानी भित्र्याउन सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, “चीनमा अहिले लगानी विस्तार भइरहेको छ। नेपालले आफ्नो आवश्यकता र मागअनुसारको वातावरण बनाउन सके चिनियाँ लगानी भित्र्याउन सकिन्छ, जसले व्यापार घाटा कम गर्न मद्दत गर्नेछ।”

पर्यटन प्रवर्द्धनका लागि चीनको डिजिटल बजार र सामाजिक सञ्जालको प्रयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ। फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्म प्रयोग नहुने चिनियाँ बजारमा त्यहाँ प्रचलित सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत नेपालको धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको प्रचारप्रसार गर्नुपर्ने शर्माले बताउनुभयो।

संसदीय सुनुवाइका क्रममा नेपालमा अध्ययन गरेका चिनियाँ विद्यार्थी तथा चीनमा चिकित्सा शिक्षा हासिल गरेर फर्किएका नेपाली विद्यार्थीको शैक्षिक नतिजाको विषय पनि उठेको थियो। नेपाल मेडिकल काउन्सिलको पछिल्लो परीक्षामा चीनबाट अध्ययन गरेर आएका विद्यार्थीको नतिजा कमजोर देखिएको सन्दर्भमा सांसदहरूले चासो व्यक्त गरेका थिए।

जवाफमा शर्माले चीनमा विकसित आधुनिक चिकित्सा प्रविधि र रोबोटिक्स सर्जरीबाट नेपालले लाभ लिन सक्ने बताउनुभयो। दुई देशका सरकारबीच सहकार्य विस्तार गर्न सके नेपाललाई मेडिकल हबका रूपमा विकास गर्ने आधार रहेको उहाँको भनाइ थियो।

त्यस्तै, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, चीन र भारतबीच सहकार्य आवश्यक रहेको शर्माले उल्लेख गर्नुभयो। तीन देशको संयुक्त पहलमा पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) स्थापना गर्न सके प्राकृतिक विपद्का जोखिम न्यूनीकरण तथा सम्भावित क्षतिबाट बच्न सहयोग पुग्ने उहाँले बताउनुभयो।

प्रस्तावित राजदूत शर्माले सीमा नाका व्यवस्थापन, व्यापार विस्तार, लगानी आकर्षण, पर्यटन प्रवर्द्धन तथा स्वास्थ्य र जलवायुका क्षेत्रमा सहकार्यलाई नेपाल–चीन सम्बन्धको आर्थिक तथा कूटनीतिक प्राथमिकताका रूपमा अघि सार्नुभएको छ।