काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै मतपत्र नं. ४ अन्तर्गतको केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको मतगणना असोज २७ गते बिहान ८ बजेदेखि सुरु हुने जनाएको हो।
समितिका अनुसार उक्त मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा हुनेछ। केन्द्रीय कार्यसमितिको निर्वाचनअन्तर्गत असोज २३ गते राति ९ बजेदेखि मतगणना सुरु भएको थियो।
निर्वाचन समितिले केन्द्रीय सदस्य पदका उम्मेदवारका हकमा उम्मेदवार स्वयं बाहेक प्रतिनिधि राख्न नपाइने स्पष्ट पारेको छ।
समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामार्फत सम्पूर्ण उम्मेदवारलाई मतगणनाको समय र स्थानबारे जानकारी गराइएको हो।








