२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने

रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने
अ अ+ अ-

काठमाडाैँ। रामेछापका व्यावसायिक कृषकलाई आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणको प्रयोगबारे जानकारी गराउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा सहभागी हुन इच्छुक कृषकसँग आवेदन माग गरेको छ ।

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयको कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले सूचना जारी गर्दै जिल्लाभित्रका इच्छुक व्यावसायिक कृषकलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको हो ।

‘कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आयोजना हुँदैछ ।

प्रदर्शनीमा रामेछापका कृषकलाई सहभागी गराउन कार्यालयले प्रक्रिया अघि बढाएको हो । कार्यालयका अनुसार कृषि कार्यमा आधुनिक यन्त्र तथा उपकरणको प्रयोग बढाउने, नयाँ प्रविधिबारे जानकारी दिने र कृषकको कार्यक्षमता वृद्धि गर्ने लक्ष्यसहित प्रदर्शनीमा सहभागिताको व्यवस्था गर्न लागिएको हो ।

कृषि कार्यालयको यस पहलले कृषि यान्त्रीकरण र आधुनिक प्रविधिको प्रयोग प्रवर्द्धनमा उत्साह थपेको नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले बताए । उनले कृषि क्षेत्रको रूपान्तरणका लागि यान्त्रीकरण प्रदर्शनी आयोजना गर्न लागिएको उल्लेख गर्दै कृषि कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई पनि रामेछापको जस्तै सक्रिय सहयोग गर्न आग्रह गरे ।
“कृषिको रूपान्तरणका लागि यान्त्रीकरण प्रदर्शनी आयोजना गर्न लागिएको हो । यसमा कृषि कार्यालय, पालिका र सरोकारवाला सबैले रामेछापको जस्तै साथ दिन पनि हाम्रो अनुरोध छ,” शर्माले भने ।

प्रदर्शनीमा सहभागी हुन इच्छुक कृषकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् असोज २६ गतेसम्म कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । कृषकले कार्यालयबाट उपलब्ध गराइएको निवेदन फाराममा आवश्यक विवरण भरी बुझाउन सक्नेछन् । त्यसैगरी, कार्यालयको इमेल adoramechhap@gmail.com मार्फत पनि निवेदन पेस गर्न सकिनेछ ।

निवेदनमा कृषकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा किसान परिचयपत्र नम्बर, खेती गरिरहेको बाली र क्षेत्रफल, कृषि फर्म वा समूहको नाम, कृषि व्यवसाय गरेको अवधि, उपलब्ध संरचना तथा यन्त्र उपकरणको विवरण उल्लेख गर्नुपर्नेछ । साथै, प्रदर्शनीमा सहभागी हुन चाहनुको कारण र अपेक्षासमेत खुलाउनुपर्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रदर्शनीमा सहभागी हुने कृषकका लागि आवतजावतको व्यवस्था गरिनेछ । सहभागी कृषकलाई प्रदर्शनी अवधिभर एक दिन अवलोकन गराइनेछ ।

सहभागीको संख्या सीमित हुने भएकाले कृषकको व्यावसायिकता र आवश्यकताका आधारमा छनोट गरिने कार्यालयले जनाएको छ । छनोटका लागि आवश्यक मापदण्डसमेत कार्यालयले निर्धारण गर्न सक्ने सूचनामा उल्लेख छ ।

थप जानकारीका लागि कार्यालयका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीलाई ९७६७७६३९७६ मा सम्पर्क गर्न सकिनेछ । कार्यालयको फोन नम्बर ०४८–५४०३०८ र ०४८–५४००६३ रहेको छ ।

कृषि विभागअन्तर्गतको कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)को संयुक्त आयोजनामा हुने प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहनेछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन् ।