२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता

कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महामन्त्रीको जिम्मेवारी प्रदान गरेकोमा १५औँ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि, आम मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै पौडेलले आफूहरूमाथि व्यक्त गरिएको विश्वासलाई राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा लिएको बताउनुभएको हो ।

उहाँले आगामी राजनीतिक यात्रामा सबैको साथ र सल्लाह–सुझावलाई आत्मसात् गर्दै पार्टी निर्माणको अभियानमा अघि बढ्ने उल्लेख गर्नुभएको छ ।

पौडेलले १५औँ महाधिवेशनमा अभिव्यक्त मतले कांग्रेसका नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको बताउनुभएको छ । आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिँदै विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमा समेत एकजुट भएको बलियो कांग्रेस निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

मुलुकका जटिल समस्या समाधानमा नेपाली कांग्रेसले विगतमा खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै पौडेलले वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले नेपाली कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका र लोकतन्त्रको रक्षा गर्ने गतिशील, जनमुखी तथा भरोसायोग्य राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्नु अबको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।

महाधिवेशन सफल बनाउन अहोरात्र खटिने सबैप्रति धन्यवाद व्यक्त गर्दै पौडेलले पार्टीभित्रको एकता र सहकार्यलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने सन्देश दिनुभएको छ ।