२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट
अ अ+ अ-

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न रु तीन करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३÷८४ का लागि प्रदेशसभामा पेस भएको बजेटमा बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि उक्त बजेट छुट्याएको हो ।

यस्तै, बडीमालिकामा केबुलकार सञ्चालनका लागि व्यवस्थापन सम्भाव्यता अध्ययन गरी सार्वजनिक तथा निजी साझेदारीअन्तर्गत बुट मोडेल सञ्चालन गर्न चालु आर्थिक वर्षबाट प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गर्दै बडीमालिकामा केबुलकार सम्भाव्य अध्ययन गर्न उक्त रकम विनियोजन गरिएको जनाउँदै त्यस क्षेत्रमा वर्ष विद्युत् लाइन विस्तार गरिने जानकारी गराउनुभयो ।

खप्तडमा पूर्वाधार निर्माण गर्न छ करोड १० लाख

बजेटमा धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जमा मन्दिरसहित आवश्यक पूर्वाधार निर्माण गर्न रु छ करोड १० लाख विनियोजन गरिएको छ । बाजुरा, बझाङ्ग, अछाम र डोटीको सीमानामा पर्ने खप्तडस्थित त्रिवेणीधाममा प्यागौडाशैलीमा सुुदूरपश्चिमको पहिचान झल्काउन मन्दिर, गोल्डेन ब्रिज र त्यस क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको हो । हालसम्म खप्तडमा विद्युत् लाइन नहुँदा त्यहाँ बस्ने सुरक्षाकर्मी, स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् ।

कोल्टी आधारभूत अस्पताललाई प्रादेशिक बनाइने

बाजुराको पूर्वी उत्तरी क्षेत्र बूढीनन्दा नगरपालिका–२ स्थित कोल्टी आधारभूत अस्पताललाई प्रादेशिक बनाइने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री मल्लले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटमार्फत कोल्टीलाई प्रादेशिक अस्पताल बनाइने जानकारी गराउनुभयो ।

विशेषज्ञ स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न बाजुराको कोल्टी र दार्चुलाको गोकुलेश्वरलाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्न आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिने जनाएको छ । त्यसका लागि रु छ करोड बजेट विनियोजन गरेको मन्त्री मल्लले जानकारी दिनुभयो ।

कोल्टी आधारभूत अस्पताल बाजुराको पूर्वी तथा उत्तरी क्षेत्रका चारवटा स्थानीय तहका नागरिकका लागि महत्वपूर्ण स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको छ । बाजुराका चारवटा स्थानीय तहका साथै छिमेकी जिल्ला मुगु, हुम्ला र कालीकोटका बिरामी पनि उपचारका लागि कोल्टी आउने गरेका छन् ।

प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना कार्यान्वयन भएमा अस्पतालको सेवा क्षमता विस्तार मात्र नभई नागरिकले आफ्नै क्षेत्रमा थप विशेषज्ञ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।