२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित

प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित
अ अ+ अ-

काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ विशेष समितिलाई चुनौती थपिएको छ । उजुरीमाथि छलफल गर्न बोलाइएको बैठकमा अधिकांश उजुरीकर्ता अनुपस्थित भएपछि समितिलाई थप प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्नुपरेको हो ।

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध चार जनाले सातवटा उजुरी दिएका छन् । तर, उजुरीमाथि छलफल गर्न बोलाइएको बैठकमा अधिकांश उजुरीकर्ता उपस्थित भएनन् ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार जापानका लागि प्रस्तावित राजदूत ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने व्यक्तिहरू सम्पर्कमा आएका छैनन् । समितिले पटक–पटक प्रयास गर्दा पनि उनीहरू सम्पर्कमा नआएपछि यस विषयमा समितिले चासो व्यक्त गरेको छ ।

यस्तै, भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिने दीपा भण्डारीले भने इमेलमार्फत आफू बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । उनले आफू उपस्थित हुन नसके पनि समितिसमक्ष आफ्नो उजुरी पढेर सुनाउन आग्रह गरेकी छन् ।

बैठकमा सार्वजनिक सूचना प्रकाशनको समयसीमाका विषयमा समेत छलफल भएको थियो । कानुनी व्यवस्थाअनुसार बिदाको दिनपछि सूचना गणना गर्दा प्रभावकारी समय कम हुने विषय उठेपछि समितिले कार्यालय समयलाई समेत ध्यानमा राखेर आगामी कात्तिक ९ गते सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

समितिका सभापति श्रेष्ठले नागरिकलाई जानकारी गराउन तथा उजुरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम र संसद् सचिवालयको वेबसाइटमा सूचना प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ गरी संसदीय प्रक्रिया अघि बढाउने क्रममा उजुरीकर्ताको अनुपस्थितिले समितिको काम प्रभावित हुने देखिएको छ ।