२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु

ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै
अ अ+ अ-

काठमाडौँ। चिनियाँ कम्युनिस्ट क्रान्तिको इतिहासमा महत्वपूर्ण मोड मानिएको दक्षिण–पश्चिमी प्रान्त गुइझोउस्थित जुनयी शहरले आफ्नो क्रान्तिकारी विरासतलाई आत्मसात गर्दै तिब्र गतिको आधुनिकीकरण र आर्थिक समृद्धिको मार्ग पछ्याइरहेको छ ।

सन् १९३५ मा भएको ऐतिहासिक ‘जुनयी बैठक’का कारण ‘ऐतिहासिक मोडको शहर’ भनेर चिनिने यस क्षेत्रले सन् २०२६ मा लङ मार्च विजयको ९० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा इतिहास संरक्षण र जनजीविका सुधारका आधुनिक प्रयासहरूलाई सँगसँगै अघि बढाएको छ ।

चीनको आधुनिक राजनीतिक इतिहासमा जुनयी बैठकलाई लङ मार्च र चिनियाँ क्रान्तिको दिशा बदल्ने निर्णायक मोडका रूपमा लिइन्छ ।

उक्त ऐतिहासिक घटनाको करिव नौ दशक पुग्न लाग्दा यो शहरले आफ्नो पुरानो विरासतलाई आधुनिक प्रविधिसँग जोडेको छ । संग्रहालय तथा रंगमञ्चहरूमा भर्चुअल रियालिटी (भीआर) जस्ता डिजिटल प्रविधिको प्रयोग गरी क्रान्तिकारी इतिहासलाई जीवन्त र अन्तरक्रियात्मक बनाइएको छ, जसले ‘रातो पर्यटन’ (रेड टुरिज्म) मार्फत आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ ।

जुनयी बैठक स्मृति संग्रहालयका आगन्तुक सेवा विभागका सु हेङकाअनुसार संग्रहालयले जनचेतना र प्रचारप्रसार अभिवृद्धि गर्न भीआर प्रविधिमा आधारित प्रदर्शनी कक्ष विकास गरेको छ । यस प्रविधिमार्फत नयाँ पुस्ता तथा आगन्तुकहरूले इतिहासलाई प्रत्यक्ष अनुभूति गर्नसक्ने वातावरण बनाइएको छ ।

इतिहास संरक्षणका अतिरिक्त जुनयीको पछिल्लो परिचय आर्थिक आत्मनिर्भरतासँग पनि जोडिएको छ । विशेषगरी चिया उत्पादन र वाद्यवादन उद्योगले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न ठूलो भुमिका खेलेका छन् ।

जुनयीको मेइतान काउन्टीमा मात्रै हाल ४० हजार हेक्टर (६ लाख मु) पर्यावरणमैत्री चिया बगान फैलिएको छ, जहाँबाट करिव ३ लाख २० हजार किसान प्रत्यक्ष लाभान्वित भइरहेका छन् । मेइतान काउन्टी चिया उद्योग विकास केन्द्रका निर्देशक याङ दोङकाअनुसार यस क्षेत्रमा पाँचवटा राष्ट्रिय स्तरका प्रमुख उद्योगसहित करिव ४०० वटा साना तथा ठूला चिया प्रशोधन केन्द्रहरू सञ्चालनमा छन् ।

हरित चिया पत्ती स्थानीय किसानको आम्दानी बढाउने र जीवनस्तर सुधार गर्ने मुख्य आधार बनेको उनले बताएका छन् । त्यसैगरी, उत्पादनमूलक उद्योगको विस्तारले रोजगारीका लागि अन्य औद्योगिक सहरहरूमा जानुपर्ने बाध्यता घटाएको छ ।

जुनयी सेन्कु म्युजिकल इन्स्ट्रुमेन्ट जस्ता वाद्यवादन उत्पादन कम्पनीहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेका छन् । पहिले झेजियाङ प्रान्तमा काम गरेर फर्केका स्थानीय कामदार ये हुआनकाअनुसार घर नजिकै रोजगारी पाउँदा परिवारको रेखदेख गर्न सहज भएको छ र आर्थिक भविष्यप्रति भरोसा बढेको छ ।

ऐतिहासिक पृष्ठभूमि, डिजिटल पर्यटन र ग्रामीण औद्योगिकीकरणको यस समन्वयले जुनयीलाई आधुनिक चीनको उदाउँदो आर्थिक केन्द्रका रूपमा रूपान्तरण गरिरहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल