२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण
अ अ+ अ-

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माण भएको छ ।

तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाको रु एक करोड ३७ लाख सहयोगमा भवन निर्माण भएको अध्यक्ष भण्डारीले बताउनुभयो । स्थानीयवासीले रु छ लाख चन्दा सङ्कलन गरेर भवन परिसरमा सवारी पार्किङ र घेराबार गरेका छन् ।

भवन उद्घाटनका अवसरमा जग्गादाता र सहयोगीलाई सम्मान गरिएको थियो । भवन निर्माण भएको खुसीयालीमा बेगबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । आर्थिक वर्ष २०८०÷८१ मा रु ५० लाख र २०८१÷८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थियो ।

आर्थिक वर्ष २०८२÷८३ मा विनियोजन भएको बजेटबाट रु २७ लाख ७१ हजारमा ठेक्कामार्फत तला थप गरेर सभाहल बनाएर भवनलाई पूर्णता दिइएको हो । भवनको भुँइ तलामा स्वास्थ्यचौकी र पहिलो तलामा वडा कार्यालयको सेवा सञ्चालन गरेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताउनुुभयो ।

उहाँका अनुसार साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गर्नुभएको दुई आना तीन पैसा जग्गामा भवन निर्माण भएको हो । यसअघि बेग स्वास्थ्यचौकीको कच्ची भवनको साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालनमा थियो ।

आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष फगामीले बताउनुभयो । नयाँ भवनमा वडाध्यक्ष, सचिव, सदस्य, प्रशासन, बैठक कक्ष, भण्डारण कक्ष छन् । आठवटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो ।

वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालनमा छन् । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन छ । चालु आवमा दग्नाममा ४ नं वडाको कार्यालय भवन निर्माण गरिने र पिप्लेको वडा कार्यालय भवनलाई तालिम केन्द्रमा स्थानान्तरण गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले जग्गा प्राप्ति प्रक्रियापछि गाउँसभाको निर्णयअनुसार बेगमा पाँच शय्या क्षमताको अस्पताल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस