२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध
अ अ+ अ-

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्ने सन्दर्भमा आवश्यक सावधानी अपनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ ।

कार्यालयले आज विजयादशमीको शुभकामना व्यक्त गर्दै चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्नका लागि आवश्यक सावधानी अपनाउनुहुन सबैमा अनुरोध गरेको हो ।

प्रहरीले चाडपर्वमा आफन्तकोमा वा बजार जाँदा घरका झ्याल ढोकाहरू सुरक्षित रूपमा बन्द गरौँ, छिमेकी वा स्थानीय प्रहरीलाई आफ्नो अनुपस्थितिको जानकारी दिन र सुनचाँदीका गहना, महँगा इलेक्ट्रोनिक्स सामान र धेरै नगद रुपैयाँ घरमा अलपत्र नछोडौँ, सुरक्षित लकर वा बैंकमा राख्ने व्यवस्था मिलाउनसमेत अपिल गरेको छ ।

प्रहरीले भनेको छ, “आफ्नो छरछिमेकमा कोही अपरिचित वा शङ्कास्पद व्यक्तिहरू बिना काम डुलिरहेका देखेमा वा असामान्य गतिविधि पाएमा तुरुन्तै एक-अर्कालाई खबर गरौँ र सम्भव भएसम्म घर, पसल वा व्यावसायिक प्रतिष्ठानमा सिसीटिभी क्यामेरा र सुरक्षित आधुनिक लक प्रणाली जडान गरी चोरीको जोखिम कम गरौँ ।”

कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले यात्रा गर्दा वा सार्वजनिकस्थलमा अपरिचित व्यक्तिले दिएको खानेकुरा वा पेयपदार्थ नखान र  नशालु पदार्थ मिसाएर लुटपाट हुन सक्ने हुनाले सधैँ सजग रहन सबैमा अनुरोध गर्नुभएको छ ।

प्रहरीले ओसारपसार र बिक्री वितरण पूर्णरूपमा प्रतिबन्धित भयकले, यस्ता कार्यमा संलग्न नबन्न, आफ्नो मोटरसाइकल वा गाडी जथाभाबी नमिलाइ पार्किङ नगरौँ, सुरक्षित पार्किङस्थलमा ह्विल लक वा थप सुरक्षा प्रविधि प्रयोग गरेर मात्र राख्न आग्रह गरेको छ ।  रासस