२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट
अ अ+ अ-

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधारा-चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो । केही दिनअघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो ।

विसं २०६१ मा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवतजावत प्रभावित बनेको छ । पुल भत्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूले सोही दिन क्षतिग्रस्त पुलको निरीक्षण गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सरकारको प्राविधिक टोलीले महाकालीको क्षतिग्रस्त पुलको प्रारम्भिक प्राविधिक अध्ययन गरिसकेको छ । नदीमा पानीको बहाव कम भएपछि अन्य पिलरहरुको अवस्थाबारे पनि अध्ययन गरिनेछ । त्यसपछि आवश्यक मर्मतको काम सुरु गरिनेछ । प्राविधिक टोलीले पुल मर्मतका लागि एक वर्ष समय लाग्ने जनाइएको छ । रासस