२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ : नेपालसँग क्यानाडा पराजित News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई
अ अ+ अ-

महेन्द्रनगर।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ ।

फाइनल खेलमा झलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैसीको टिमले उपाधि जितेको हो ।

बम र जैसीको जोडीले ऐर र जोशीको जोडीलाई २१-१७ र दोस्रो सेटमा २१-१५ ले पराजित गरेको छ । उपाधि विजेता जोडी रु ४० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । भने उपविजेता टिमले रु २० हजार नगदसहित पुरस्कृत भएको छ ।

दसैँ र शुभ दिवापलीको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नं २ स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ ।

प्रतियोगितामा सिंह र डम्बर कुवँरको जोडीले तेजबहादुर साउद र तेज जोशीको जोडीलाई सोझो सेटमा पराजित गरेको छ । सिंह र कुवँरको जोडीले २१-१४ र २१-१० को सोझो सेटमा साउँद र जोशीको जोडीलाई पराजित गरेको शुक्लाफाँटा व्याडमिन्टन सङ्घका अध्यक्ष पुष्पराज भट्टले बताउनुभयो ।

निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताको उपाधि जित्दै सिंह र कुवँर रु ३० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएका छन् । भने उपविजेता साउद र जोशीको जोडी रु १५ हजार नगदसहित पुरस्कृत भएको छ ।

प्रतियोगितामा उपाधि विजेता, उपविजेता मिटलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा प्रदेश खुला बी लेभलतर्फ ६४ र निर्वाचन क्षेत्रस्तरीयमा ३२ समूह सहभागी थिए ।रासस