२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार
अ अ+ अ-

काठमाडौँ। गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्लिुङका दुई महिला र तीन पुरुष परिवारको सम्पर्कविहीन भएका छन् ।

प्रभावित क्षेत्रबाट नेपाली सेनाको चार वटा हेलिकप्टर परिचालन गरी हालसम्म नौ विदेशीसहित ८२ जनाको उद्धार गरिएको प्राधिरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

बाढीबाट दुई वटा पक्की र दुई वटा झोलुङ्गे पुल, तीन वटा जलविद्युत् आयोजना, चार वटा हवन कुण्ड, ४५ घरमा पूर्ण र २७ घरमा आंशिक क्षति पुगेको छ । यस्तै ३४ गोठ र १३ वटा बङ्गुरको खोर तथा तीन वटा सवारीसाधनमा बाढीले क्षति पुर्‍याएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्रानसहितको बहाव आई स्यार खोला थुनिएर बाढी आएको प्राधिकरणको प्रारम्भिक विश्लेषण छ । सो बाढीको थप अध्ययन भइरहेको छ ।

प्रभावित क्षेत्रमा ५० वटा टेन्ट, ५० वटा त्रिपाल, २०० वटा म्याट्रेस, २०० वटा ब्लाङ्केट, २०० वटा स्लिपिङ व्याग, १०० वटा सोलार लाइट, ५० वटा भान्छाका सामान, १० वटा जेनेरेटर, १३० वटा ज्याकेट, २० वटा हाइजिन किट, ९० वटा खानाको प्याकेट, १० वटा बेबी बास्केट र २० वटा रोयल व्याग पठाइएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन जनाको टोली परिचालित गरिएको प्राधिकरणले जनाएको छ । यस्तै नेपाली सेनाबाट तीन वटा विशेष फौजसहित १७१, नेपाल प्रहरीबाट १४३ र सशस्त्र प्रहरी बलबाट ३८९ गरी ७०३ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित भएका छन् । रासस