काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्। २ हजार ८९ मत गणना हुँदा खतिवडाले ९५५ मत प्राप्त गरेका छन्।
मतगणनाको पछिल्लो विवरणअनुसार अजयबाबु शिवाकोटी ६९२ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराज सुवेदी ५१९ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै, विकास कोइरालाले ३४९, रमेशप्रसाद धमलाले २४७, अमृतकुमार अर्यालले २०९ र राजीव ढुंगानाले २०३ मत प्राप्त गरेका छन्। देवेन्द्रराज कडेलले ४१८ मत पाउँदा विमलराज क्षेत्रीले ७७ मत प्राप्त गरेका छन्।
हालसम्मको मतपरिणाममा खतिवडाले अन्य प्रतिस्पर्धीभन्दा उल्लेख्य अग्रता बनाएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।








