२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत

तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत
फाइल फोटो
अ अ+ अ-

काठमाडाैँ। तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारीमार्फत सबैभन्दा बढी दूध बिक्री गर्ने किसानलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सहकारीका अध्यक्ष काशीनाथ भट्टराईका अनुसार दूध बिक्रीका आधारमा किसानलाई छनोट गरी तीन हजारदेखि ११ हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको हो ।

सहकारीमार्फत सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम हुनुभएको छ । उहाँले गत आर्थिक वर्षमा ८९ हजार १२८ लिटर दूध बिक्री गर्नुभएको थियो ।

त्यसैगरी ५१ हजार ८१२ लिटर दूध बिक्री गर्ने व्यावसायिक किसान काशीनाथ भट्टराई दोस्रो र ४४ हजार ४४४ लिटर दूध बिक्री गर्ने सुरज घिमिरे तेस्रो हुनुभएको छ ।

पुरस्कृत हुने अन्य किसानमा छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ र ओमप्रसाद लामिछाने सातौँ स्थानमा रहनुभएको छ । यस्तै, इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराई दसौँ स्थानमा रहनुभएको छ ।

यसैगरी मुना न्यौपाने एघारौँ, सानुमाया सुनार बाह्रौँ, टकराज लामिछाने तेह्रौँ, इन्दिरा घिमिरे चौधौँ र ओमप्रकाश गुरुङ पन्ध्रौँ स्थानमा रहँदै पुरस्कृत हुनुभएको छ । गुरुङले गत आर्थिक वर्षमा १८ हजार १८४ लिटर दूध बिक्री गर्नुभएको थियो ।

१४ लाख लिटरभन्दा बढी दूध बिक्री

याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरेको छ । सहकारीले दूध बिक्रीबाट १७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

पशुपालनका लागि महत्वपूर्ण क्षेत्रका रूपमा परिचित याम्पाफाँटका किसान लामो समयदेखि व्यावसायिक पशुपालनमा सक्रिय छन् । दूध उत्पादनलाई आम्दानीको प्रमुख स्रोत बनाएका यहाँका किसानले स्थानीय अर्थतन्त्र र कृषि उद्यमको विकासमा योगदान पुर्‍याउँदै आएका छन् ।

सहकारीले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गर्दै व्यावसायिक पशुपालन र दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने प्रयास गरेको छ ।