२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता

‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे

‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे
अ अ+ अ-

काठमाडाैँ । भारतका लागि प्रश्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपालको कुटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पार्नुभएको छ ।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्ना दृष्टिकोण र कार्ययोजना प्रश्तुत गर्दै उहाँले सिङ्गो दक्षिण एशिया बेलायती उपनिवेशमा रहँदा समेत नेपाल अविभाज्य र स्वतन्त्र रहनु नै मुलुकको कुटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको दाबी गर्नुभएको हो । संसदीय सुनुवाई समितिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै डा. पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौमिक कुटनीति कहिल्यै असफल नभएको बताउनु भयो ।

उहाँले नेपालजस्तो सानो राष्ट्र आफ्नो नक्सा, झण्डा र राष्ट्रिय पहिचानका सवालमा स्वाभाविक रूपमै संवेदनशील रहने उल्लेख गर्दै कुटनीतिक वार्ताहरूमा पर्याप्त गृहकार्य र परिपक्वता आवश्यक पर्ने बताउनु भयो । वीपी कोईराला भारत–नेपाल फाउण्डेसन (बीपीकेएफ) को प्रभावकारिता घट्दै गएको विषयमा प्रष्टीकरण दिँदै डा. पाण्डेले यस संयन्त्रलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । विगतमा नेपाल सरकारको तर्फबाट बजेट विनियोजन कम हुँदा भारतको तुलनामा नेपाली पक्षका कार्यक्रमहरू ओझेलमा परेको स्वीकार गर्दै उहाँले राष्ट्रिय प्राथमिकताका आधारमा फाउण्डेसनका गतिविधिहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यशैली र व्यवस्थापनमा व्यापक सुधार ल्याउने अठोट व्यक्त गर्दै डा. पाण्डेले आधारभुत सूचना प्रविधिमा समेत कमजोरी देखिएको उल्लेख गर्नुभयो ।

दुतावासको आधिकारिक वेबसाइटमा पूर्वराजदूतहरूको नामावलीसमेत नहुनु दुःखद् भएको भन्दै उनले कुनै अतिरिक्त बजेटबिनै सुधार गर्न सकिने प्रशासनिक कामहरू तत्काल अघि बढाइने जानकारी दिनुभयो । उहाँले आफ्नो निष्ठा, अनुभव, ज्ञान र सम्बन्ध सञ्जाल (नेटवर्क) को अधिकतम उपयोग गरी दुतावासको कार्यक्षमता अभिवृद्धि गर्ने बताउनु भयो ।