२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित

संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
अ अ+ अ-

काठमाडौं । नेपाली सङ्गीतका मूर्धन्य सङ्गीतकार शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भएका छन् ।

नेपाली संगीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको कदर गर्दै बाँस्कोटालाई ‘लेजेन्ड्री म्युजिक मेस्ट्रो अवार्ड’ प्रदान गरिएको हो ।

कुपण्डोलस्थित होटल हिमालयमा आयोजित समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बाँस्कोटालाई उक्त सम्मान प्रदान गरे ।

सिजन मिडिया नेपालले नेपाली संगीत तथा कलाक्षेत्रमा बाँस्कोटाले पुर्‍याएको असाधारण योगदान, पाँच दशकभन्दा लामो सिर्जनात्मक यात्रा र सांस्कृतिक क्षेत्रमा दिएको विशिष्ट सेवाको सम्मानस्वरूप अवार्ड प्रदान गरिएको जनाएको छ ।

सन् १९७१ मा संगीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक यात्रा सुरु गरेका बाँस्कोटाले पाँच दशकभन्दा लामो अवधिमा नेपाली संगीतलाई विभिन्न विधामार्फत समृद्ध बनाएका छन् । संगीत निर्देशक, संगीतकार, गायक तथा गीतकारका रूपमा उनले नेपाली चलचित्र, आधुनिक संगीत, लोक, देशभक्तिपूर्ण तथा भक्ति संगीतमा महत्वपूर्ण योगदान दिएका छन् ।

बाँस्कोटाले ३६४ भन्दा बढी नेपाली फिचर फिल्ममा संगीत निर्देशन गरेका छन् भने २ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेको आयोजकले जनाएको छ । उनले ७ सयभन्दा बढी रेडियो तथा टेलिभिजन विज्ञापनका जिङ्गलमा समेत संगीत दिएका छन् ।

नेपाली टेलिभिजनको प्रारम्भिक विकासक्रममा समेत उनको महत्वपूर्ण भूमिका रहेको छ । नेपाल टेलिभिजनको लोगो तथा समाचारको थिम संगीत निर्माणदेखि ‘संगीत संगम’, ‘गीतगाथा’ र ‘मनको रहर’ जस्ता कार्यक्रमको परिकल्पना, निर्माण तथा निर्देशनमा उनले योगदान गरेका छन् ।

चलचित्र संगीततर्फ ‘प्रेमपिण्ड’, ‘सीमारेखा’, ‘बसन्ती’, ‘राजमती’ र ‘सेतो बाघ’ उनका चर्चित कृतिमध्ये पर्छन् । ‘गौँथली’ चलचित्रमा ५९ वटा गीतका लागि संगीत सिर्जना तथा निर्देशन गर्नु पनि उनको सांगीतिक यात्राको उल्लेखनीय उपलब्धि मानिन्छ ।

सिर्जनात्मक कर्मसँगै बाँस्कोटाले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव, नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक र चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षलगायतका जिम्मेवारीसमेत सम्हालेका छन् ।

उनले प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, नारायणगोपाल संगीत पुरस्कार, छिन्नलता पुरस्कार, तोयनाथ जैसिस पुरस्कार, युवा वर्ष पुरस्कारलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।