२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी

यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन

यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन
अ अ+ अ-

वागमती प्रदेशको मनकामना स्कुल र मधेस प्रदेशको जनज्योति सेकेण्डरी स्कुल एशियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिपको च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमवार भएको फाइनलमा मनकामना ब्वाइजतर्पm र मधेश गल्र्सतर्पm च्याम्पियन भएको हो ।

देशभरबाट कुल ३२७ वटा विद्यालयले जिल्ला र प्रदेशमा छनोट हुँदै राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । तीमध्येबाट मधेशको जनज्योति गल्र्समा र बागमतीको मनकामना ब्वाइजतर्पm च्याम्पियन भए ।

गल्र्सतर्फ भएको फाइनलमा मधेशको जनज्योति सेकेन्डरीले सुदूरपश्चिम प्रदेशको श्री जीवनज्योति मावीलाई ७–२ गोलअन्तरले हरायो ।

मधेशको जनज्योतिका लागि अनिता रानामगरले ह्याट्रिक गरिन् । विजेता राईले समान दुई तथा दीक्षा रानापाल र रकिशा दंगालले समान एक गोल गरे । सुदूरपश्चिमकी बिबिशा बिष्टले दुई गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकिनन् ।

ब्वाइजतर्फ फाइनलमा बागमतीको मनकामनाले गण्डकी प्रदेशको गुरुकुल विद्यासदनलाई २–० ले हरायो । खेल सकिन एक मिनेट बाँकी छँदा दुई गोल बेहोरेपछि गण्डकी उपाधिबाट बन्चित भयो ।

विजेता टोलीले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङका साथै महिला टोलीकी पूर्वकप्तान अञ्जिला तुम्बाप्पो सुब्बा लगायतले पुरस्कृत गरे । –न्युज एजेन्सी नेपाल