२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा

स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा
अ+ अ-

काठमाडौं । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय बनाएको छ।

मन्त्रालयका अनुसार आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँस्थित संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय भइरहेको छ।

सम्भावित विपद्बाट घाइते तथा प्रभावित हुने बिरामीको उपचार व्यवस्थापनलाई सहज बनाउन काठमाडौँका अस्पतालमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ। आवश्यकताअनुसार बिरामी व्यवस्थापन गर्न अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ।

त्यसैगरी, उद्धार तथा उपचारका लागि आवश्यक एम्बुलेन्स र स्वास्थ्य सेवासम्बन्धी उपकरण तथा साधनहरूलाई समेत स्ट्यान्डबाइमा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग, सूचना तथा समन्वय आवश्यक परे हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।