२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा News Polar साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन

पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन
अ+ अ-

काठमाडौँ। वरिष्ठ खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयामा विमोचन गरिएको छ ।

पत्रकार अर्यालको उक्त पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद गौचन, नेपाल सफ्ट टेनिस सङ्घका अध्यक्ष तथा अन्तरराष्ट्रिय सफ्ट टेनिस सङ्घका मानार्थ अध्यक्ष विनयविक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आइसीसी उपाध्यक्ष दीपक केसी, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानका महासचिव श्यामशितल श्रेष्ठ र  एनआरएनए जापान, नागोया क्षेत्रिय समितिका संयोजक योमन देवानले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

कार्यक्रममा कार्यवाहक राजदूत पौडेलले अर्यालको पुस्तकको माध्यमबाट नेपाल र जापानबीचको सम्बन्ध बुझ्न सहज हुने बताउनुभयो ।

“जापानसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पाँच वर्ष अगाडि नै खेलमार्फत हामी जोडिसकेका थियौँ भन्ने जानकारी यही पुस्तकबाट थाहा पाएँ”, उहाँले भन्नुभयो । उक्त पुस्तक नेपाल–जापान सम्बन्धका लागि कोशेढुङ्गा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचनले सो पुस्तकमार्फत नेपाल–जापानको खेल सम्बन्ध बुझ्ने अवसर पाएको उल्लेख गर्नुभयो । पत्रकार अर्यालको पुस्तक नेपालका लागि मात्र नभएर जापानका लागि पनि उत्कृष्ट दस्तावेज भएको उहाँको भनाइ थियो ।

“पुस्तकले जापानमा बसिरहेका नेपालीलाई नेपाल–जापानबीचको खेल सम्बन्ध थाहा पाउन मद्दत गर्छ”, उहाँले भन्नुभयो, “पुस्तकमा दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट उजागर गर्न खोजिएको छ ।”

नेपाल र जापानबीच ७५ वर्षअघि खेल सम्बन्ध स्थापना भएको थियो । सोही तथ्यलाई लेखक अर्यालले आफ्नो पुस्तकमा समावेश गर्नुभएको छ । कार्यक्रममा गलकोट समाज जापानका उपाध्यक्ष भेषनाथ गौतम, व्यवसायी डिलाराम खरेल, बुद्धिजीवी एवं एनआरएनए जापान नागोया क्षेत्रिय समितिका पूर्वउपसंयोजक नवराज चापागाईं, एनआरएनए जापान नागोया क्षेत्रिय समितिका उपसंयोजक यामबहादुर पाइजा मगर, पत्रकार कविकिरण न्यौपाने, निसान राणा र कान्ता गिरीले पुस्तकबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस