३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, पर्वतीय विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक सूचना प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुनःनिर्माणलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री चौधरीले नेपाल र पाकिस्तान पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असर, हिमनदी तथा विपद्का जोखिमलगायत साझा चुनौती सामना गर्न सूचना, तथ्याङ्क, प्रविधि र अनुभवको आदानप्रदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कृषि तथा अन्य सम्भावित क्षेत्रमा द्विपक्षीय सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

राजदूत खानले हालैका विपद्का घटनापछि पाकिस्तान सरकार नेपालसँग व्यावहारिक तथा ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताउँदै जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा अनुभव, प्रविधि र सूचनाको आदानप्रदान गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो ।

पाकिस्तानले विपद्पछिको पुनःनिर्माण तथा जलवायु उत्थानशील प्रविधिमा गरेका प्रयास र अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको उहाँले बताउनुभएको थियो । भेटमा दुवै देशले साझा पर्वतीय विषय तथा जलवायु मुद्दालाई क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा अघि बढाउन सहकार्य गर्न सकिने विषयमा समेत छलफल भएको थियो ।

राजदूत खानले पाकिस्तानका प्रधानमन्त्रीले नेपालमा हालै भएको विपद्प्रति चासो व्यक्त गर्नुभएको उल्लेख गर्दै पुनःनिर्माण तथा विपद्पछिको सहयोगमा पाकिस्तान सहकार्य गर्न तयार रहेको जानकारी गराउनुभएको थियो । साथै, नेपालबाट पाकिस्तानमा चिया निर्यातलगायत व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।