३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति  भण्डारी
अ+ अ-

काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै दृष्टिले संवेदनशील क्षेत्रमा रहेको भन्दै राष्ट्रिय एकता, आत्मनिर्भरता र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएको छ ।

शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उहाँले नेपाल ठूला जनसङ्ख्या र तीव्र विकास भएका दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालको आवश्यकता र समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रिय सोच र साझा एजेण्डासहित अघि बढ्नुपर्ने बताउनु भयो  ।

उहाँले नेपालको अर्थतन्त्रमा वैदेशिक व्यापारको ठूलो हिस्सा भए पनि व्यापार घाटा उच्च रहेको उल्लेख गर्दै उनले अन्तरनिर्भर हुनका लागि पनि आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनु भयो। राष्ट्रिय समस्या समाधानका लागि राष्ट्रिय भावना र राष्ट्रिय एकताका आधारमा महत्वपूर्ण एजेण्डा तय गरी एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ थियो।

उहाँले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाबाट नेपालजस्ता मुलुक प्रभावित हुन नहुने बताए। जलवायु परिवर्तनका कारण हुने क्षतिको असर हेर्दा विश्वमा असमानता देखिएको उल्लेख गर्दै उनले विकास र प्रविधिमा ठूलो लगानी गर्ने शक्तिशाली राष्ट्रहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा पर्यावरण संरक्षणमा पनि त्यहीअनुसार लगानी गर्नुपर्ने बताउनु भयो ।

हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा साझा र बलियो आवाज उठाउनुपर्ने उनको भनाइ थियो। नेपालसँग भिटो शक्ति तथा ठूलो आर्थिक र राजनीतिक प्रभाव सीमित भएकाले क्षेत्रीय सहकार्यमार्फत साझा मुद्दा उठाउनुपर्ने उहाँको भनाइ थियो।

नेपालका हिमाल र पहाड कमजोर हुँदै जानु नयाँ समस्या नभएको उल्लेख गर्दै उहाँले मानव सिर्जित गतिविधि तथा विकास र प्रविधिको नकारात्मक प्रभावले यसलाई थप जटिल बनाइरहेको बताउनु भयो । हिमाल, पहाड र समग्र पर्यावरण संरक्षणका लागि आवश्यक लगानी तथा प्रभावकारी नीति निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।

‘हामीले गल्ती गरेका छैनौँ, हामी अन्यायमा परिरहेका छौँ भन्ने कुरा उठाउँदै आएका छौँ,’ उहाँले भन्नुभयो , ‘तर ग्लोबल वार्मिङ बढिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न शक्तिशाली राष्ट्रहरूले अपनाउनुपर्ने उपायमा उनीहरूबीचकै प्रतिस्पर्धा बाधक बनेको छ।’

जलवायु संकटबाट प्रभावित मुलुकहरूले आपसी एकता कायम गर्दै समान मुद्दा भएका राष्ट्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने उहाँको भनाइ थियो।