३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
अ+ अ-

काठमाडौँ।  पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक सयौँ साधक ध्यान साधनाका लागि पुग्ने गरेका छन् ।

राजधानी सहरको बीचभागमा रहेको श्लेषमान्तक वनको मध्यभागमा रहेको समथर भागको आकर्षक वातावरणमा शिवपुरी बाबाले साधना गर्नुभएको थियो । विसं २००४ देखि २०१९ सम्म उहाँले यहाँ साधना गर्नुभएको हो । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार यहाँ बालक धु्रवले तपस्या गर्नुभएको थियो ।

ध्रुव बाल्यकालमै आएर यहाँ तपस्या गरेकाले यस स्थलको नाम ध्रुवस्थली रहेको शिवपुरी बाबा आश्रमको संरक्षण गर्दै आउनुभएका विष्णुप्रसाद तिमल्सिीनाले जानकारी दिनुभयो । बालक ध्रुवले तपस्या गरेका बेला भगवान् विष्णु प्रसन्न भई माता लक्ष्मीलाई स्तनपान गर्न यहाँ पठाउनुभएको प्रसङ्ग पनि आफूले बुबाबाट किम्बदन्तीका रूपमा सुनेको पनि उहाँले सुनाउनुभयो ।

विसं २०१९ मा यही स्थानमा शिवपुरी बाबाले समाधि लिनुभयो । उहाँको समाधिस्थलमा अहिले पनि दैनिक सयौँ जना ध्याना साधनाका लागि आउने गरेका छन् । शिवपुरीबाबाको ध्याना साधनास्थलमा करिब ६० जनाले ध्यान साधना गर्नसक्ने गरी संरचना निर्माण गरिएको छ । यहाँ चकटीसमेत राखेर ध्यान साधना गर्ने वातावरण बनाइएको छ । यो स्थलमा जुनसुकै साधना विधि अपनाएका ध्यानी पनि आएर ध्यान गर्नसक्ने तिमल्सिनाले बताउनुभयो ।

विशेष पर्व परेका बेला भने हजारौँको सङ्ख्यामा साधक यहाँ आउने गर्छन् । प्रत्येक वर्षको चान्द्रमासअनुसारको भाद्र मासको मूल नक्षत्रका दिनमा शिवपुरी बाबाको जन्मजयन्ती र माघ शुक्ल तृतीयाका दिन उहाँको समाधि दिवसका अवसरमा भने हजारौँ भक्तजन जम्मा भएर सामूहिक ध्यान गर्दै मनाउने परम्परा रहेको छ । त्यसैअनुसार आज शिवपुरी बाबाको २००औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ ।

यस अवसरमा विभिन्न सन्तबाट प्रवचनका साथमा साधुसन्त र ध्यान साधनामा आउनेलाई भण्डारा गराइएको थियो । उहाँको जन्म सन् १८२६ अर्थात् विसं १८८२ चान्द्रमासअनुसार भदौ महिनाको मूल नक्षत्रका दिनमा भएको हो । रासस