काठमाडौं । काठमाडौंको जडीबुटीमा ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट सञ्चालनमा आएको छ । असोज १ गते नयाँ आउटलेटको उद्घाटन गरिएको हो ।
नयाँ आउटलेटमा ग्राहकले एउटै छानामुनि नेपालमै उत्पादित तथा आयातित विभिन्न डिजाइनका सोफा तथा फर्निचर खरिद गर्न सक्नेछन् । घर तथा कार्यालयका लागि आवश्यक विभिन्न डिजाइन, साइज र मूल्यका सोफा तथा फर्निचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आउटलेट उद्घाटनको अवसरमा कम्पनीले ग्राहकका लागि ५० प्रतिशतसम्मको ओपनिङ अफरसमेत ल्याएको छ । विभिन्न सोफा तथा फर्निचर खरिद गर्ने ग्राहकले उद्घाटनको अवसरमा आकर्षक छुट तथा विशेष अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
सोफा स्टोर काठमाडौंका प्रोप्राइटर तथा सिईओ दीपेन्द्र धरेलका अनुसार कम्पनीले यसअघि आफ्नै कारखानामा उत्पादन गरिएका सोफा तथा फर्निचर मात्रै बिक्री गर्दै आएको थियो । ग्राहकका फरक–फरक आवश्यकता र मागलाई सम्बोधन गर्ने उद्देश्यले अब आयातित सोफा तथा फर्निचरसमेत बिक्री गर्न थालिएको उनले बताए ।
धरेलका अनुसार एउटै स्थानबाट ग्राहकले आफ्नो बजेट, आवश्यकता र रुचिअनुसार नेपालमा उत्पादितदेखि आयातितसम्मका विभिन्न प्रकारका सोफा तथा फर्निचर छनोट गर्न सक्नेछन् ।
गुणस्तरीय सामग्री, आकर्षक डिजाइन र उचित मूल्यमा विभिन्न प्रकारका सोफा तथा फर्निचर उपलब्ध गराउने उद्देश्यले जडीबुटीमा नयाँ आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
सोफा स्टोर काठमाडौंका आउटलेटहरू यसअघि जडीबुटीबाहेक काठमाडौंको चामती, महाराजगञ्ज (चक्रपथ) तथा भक्तपुरमा सञ्चालनमा रहेका छन् । काठमाडौं उपत्यकाबाहिर धादिङ, धनगढी र सुर्खेतमा समेत कम्पनीका आउटलेट सञ्चालनमा छन् ।
जडीबुटीसहित सोफा स्टोर काठमाडौंका सबै आउटलेट अब नियमित रूपमा ग्राहकका लागि खुला रहने कम्पनीले जनाएको छ ।








