३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने

रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गर्नुभएको छ ।

संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । संविधान निर्माणका क्रममा आफूहरूले सार्वजनिक रूपमा संविधान निर्माण प्रक्रिया नरोक्न दबाब दिएको उहाँले बताउनु भयो ।

उहाँले रास्वपाको उदय नै संविधान कार्यान्वयन र संविधानका मूल्य–मान्यतालाई नागरिक तहसम्म पु¥याउने उद्देश्यले भएको दाबी गर्नुभयो । पुराना राजनीतिक दलहरूले संविधानको मर्मअनुसार प्रणाली कार्यान्वयन नगरेको उहाँको आरोप छ ।

उहाँले आफ्नै दल सरकारमा भएपनि संविधान विपरित गएमा खबरदारी गर्ने बताउनुभयो । संविधानले प्रश्न गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई कुण्ठित गरिए निरंकुशता जन्मिने बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नजानेर वा नबुझेर सरकारसँग प्रश्न नगरेको दाबी गर्दै प्रश्नबाट आफूहरू कहिल्यै नभाग्ने बताउनु भयो । संसदलाई लोकतन्त्र, विधिको शासन र मानव अधिकारको संरक्षण गर्ने संस्थाका रूपमा प्रभावकारी बनाउन आफूहरूले रचनात्मक भुमिका निर्वाह गरिरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रश्न गर्ने अधिकार संविधानले दिएको हो । प्रश्न गर्ने अधिकार लोकतन्त्र हो। प्रश्न गर्ने अधिकारलाई कसैले कुण्ठित गर्यो भने निरङ्कुशता जन्मन्छ । आफ्नै सरकार छ, आफ्नै प्रश्न किन ? तर हामीले नजानेर प्रश्न गरेको होइन । नबुझेर प्रश्न गरेको होइन । प्रश्नबाट कहिल्यै भाग्दैनौँ र प्रश्न गर्न छोड्दैनौँ । हामीलाई प्रतिपक्ष नभन्नुहोला, रचनात्मक सत्तापक्ष हो । संविधानको पक्षधर हामी भनेर कहीँ कहीँ हुङ्कार पिटेको म सुन्छु । तर स्मरण रहोस् राष्ट्रिय स्वतन्त्र पार्टी यो संविधानको स्टेकहोल्डर हो । कसरी र किन भन्ने प्रश्न उठ्ला । हिजो संविधान निर्माण गर्दै गर्दाखेरि पुराना राजनीतिक दलका तिगडमबाज गर्ने नेताहरूले संविधान बन्न नदिएर धमिलो पानीमा माछा मार्दै थिए । हामी नै हो त्यतिखेर टुँडिखेलमा करायौँ होला, खुल्ला मञ्चमा बोल्यौँ होला, सडकमा उठ्यौँ होला । खबरदार संविधान निर्माण क्रम नरोक, रोक्दै नरोक । यदि तिमीले संविधान निर्माण रोक्यौ भने तिमीलाई सदनबाट बाहिर निस्किने अधिकार छैन भनेर बोल्ने हामी नै हौँ, आज ती हामीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा छौँ । त्यसैले यो नसम्झिनू राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेकाले संविधानका पक्षधर होइनन् कि, संविधान संरक्षण गर्दैनन् कि, संविधानको मूल मर्म बुझ्दैनन् कि, संविधानमाथि प्रहार गर्छन् कि, यो कल्पना पनि नगर्नुहोस् । यो हामीले प्राप्त गरेको दस्तावेज हो, तपाईँहरू मार्फत खोसेर लिएको हो । यही संविधान कार्यान्वयनका लागि नयाँ दल जन्मिएको हो । यही संविधानको मूल्य मान्यतालाई नागरिक स्तरसम्म पु¥याउनका लागि हो । तपाईँहरूले यो संविधानको मर्ममाथि प्रहार गरेर अपाङ्गतामा परिणत गर्दै हुनुहुन्थ्यो । कति संविधान मिच्दै हुनुहुन्थ्यो ! समावेशी र समानुपातिकको सिद्धान्त ल्यायौँ, आरजु देउवा र मञ्जु खाँड जस्ता व्यक्तिहरूलाई तपाईँहरूले समानुपातिकमा राख्दै हिँड्नुभो । संविधान ल्याउने बेलामा कुर्सीमा थिएनौँ होला, त्यो संविधान जारी गर्दा नाम भेट्नुभएन । तर सत्यमा त्यो संविधान जारी गर्ने तपाई हामी नै हो । यो स्मरण रहोस् ।’

उहाँले संविधानको संरक्षण गर्न रास्वपा प्रतिवद्ध रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल