२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा News Polar साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति
अ+ अ-

चितव। भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा क्षति पुगेको छ ।

नदीको कटानले सडक भासिएको, लेदो भरिएको, पहिरो झरेकोलगायत कारण लामो समय यो राजमार्ग पूर्ण सञ्चालन हुन सकेन ।

सडकको कृष्णभीरमा भदौ १४ गतेको बाढीले भासिएको सडक १८ दिनपछि सञ्चालनमा आएको छ । भदौ १० को बाढीको लेदोले सडक पुरिएपछि गल्छी क्षेत्रमा सडक सफा गर्न चार दिन लागेको थियो । मुग्लिनदेखि गल्छीसम्मको ६४ किलोमिटर सडक क्षेत्रको अधिकांश भाग त्रिशूली किनारमा पर्छ ।

आंशिक रूपमा सडक सञ्चालनमा आए यस सडकका ठाउँठाउँमा त्रिशूलीले खोतलेर सडकलाई ठूलो नोक्सान पुर्‍याएको छ । विस्तारको काम भइरहेको यस सडकको मुग्लिनदेखि मलेखु र मलेखुदेखि नौविसेसम्म दुई छुट्टाछुट्टै आयोजनाले विस्तारको काम गरिरहेका छन् । नौविसे–मुग्लिन आयोजनाको पश्चिम खण्डका इञ्जिनियर धीरज ढकालका अनुसार मुग्लिनदेखि मलेखुसम्मको ३९ किलोमिटर सडक क्षेत्रमा बाढीका कारण कटान हुँदा क्षति पुगेको छ । मुग्लिनबाट आठ किलोमिटर मलेखुतर्फको धारापानीमा २० मिटर हाराहारी सडक कटानका कारण जोखिममा पुगेको छ ।

सो ठाउँमा नदीतर्फ लगाइएको पर्खाल बगाएको छ । १७ किलोमिटर पर जवाङ खोलामा २० मिटर सडकको छेउ भासिएको छ । त्यस्तै २५ किलोमिटर पर कृष्णभीरमा भदौ १४ गते भासिएको सडक नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि पुनः सञ्चालनमा आएको छ ।

मुग्लिनबाटै ३६ किलोमिटर सितलबजारमा नदीले भित्तो काटेर ४० मिटर सडक भासिएको छ । यहाँ सडक एकतर्फी सञ्चालनमा छ । नेपाली सेनाले भित्तो ‘ब्लाष्टिङ’ गरेर फराकिलो गर्ने काम गरेको छ । चरौदीमा सडकको छेउमा कटान भएको छ । ढकालले नदीको बेग तीव्र भएको र सडक किनारमा पानी भएकाले राम्रोसँग हेर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन–कुन ठाउँमा क्षति पुगेको छ । हेर्ने काम भइरहेको छ ।” नदीको बहाव घटेपछि अन्य ठाउँको अवस्था थाहा हुने उहाँ बताउनुहुन्छ ।

नौविसे–मुग्लिन सडक आयोजनाको पूर्वीखण्डका इञ्जिनियर राजीव मानन्धरका अनुसार मलेखुबाट गल्छीसम्मको अधिकांश सडक त्रिशूली किनारमा छ । २५ किलोमिटर लामो सडकमा ठाउँठाउँमा सडक भासिएको छ । भदौ १० गते लेदोसहितको बाढीले सडकका ठाउँठाउँमा पुरेपछि १४ गते मात्र लेदो फालेर सडक सहज सञ्चालनमा ल्याइएको थियो । गल्छी क्षेत्रको १ दशमलव ५ किलोमिटर सडक लेदोले भरिएको थियो । यस्तै मलेखुबाट एक किलोमिटर गल्छीतर्फ परेवा भीरमा १०० मिटर जति सडक पूरै भासिएर भित्तो पट्टीबाट ट्याक खोलिएको छ ।

मलेखुबाट पाँच किलोमिटर पर चालिसेमा ६० मिटर सडक भासिएपछि एकतर्फी सञ्चालनमा छ । सो ठाउँमा सडक फराकिलो भएकाले सहज भए पनि ठूलो क्षति भएको उहाँ बताउनुहुन्छ । सोही सडकको मलेखुबाट ११ किलोमिटरको दूरीमा पर्ने पोखरे र बाँङ्गेमा झण्डै ८०० मिटर सडक लेदो भरिएको थियो । सडकको लेदो सफा गरिए पनि सडक छेउको कल्भर्ट, पर्खाललगायत ठूलो क्षति पुगेको छ । मलेखुबाट १२ किलोमिटर गल्छीतर्फ गलौदीमा कल्भर्ट र पर्खालमा क्षति पुगेको छ । त्यहाँ लेदोले सडक भरिएको थियो ।

सडकका ठाउँठाउँमा क्षति पुगेको र अध्ययन भइरहेको उहाँ बताउनुहुन्छ । मलेखुबाट गल्छीसम्मको सडकलाई पूर्ववत अवस्थामा फर्काउन रु ५० करोडभन्दा बढी खर्च हुने मानन्धर बताउनुहुन्छ । सडकका विभिन्न ठाउँमा त्रिशूली नदी किनारमा नदीको बहाव नियन्त्रण गर्ने, कटान रोक्ने र तट सुरक्षित बनाउने काम गर्नुपर्ने भएको छ ।

कटान भएर भासिएका ठाउँमा भिरालोको स्थिरिकरण, बायो इञ्जिनियरीङ र रिभर ट्रेनिङ वर्कस गर्नुपर्ने उहाँहरूको भनाइ छ । यो सडक हुँदै दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्छन् । सवारी सञ्चालनमा अवरोध भएका ठाउँमा तत्काल काम गरिएको भए पनि अन्य ठाउँमा बिस्तृत अध्ययन गरेर काम गर्न लागिएको हो ।  रासस