३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन

रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन
अ+ अ-

काठमाडौं। नेपाल वातावरण पत्रकार समूह (नेफेज) को ४१औँ वार्षिक साधारणसभाले निमेष रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचित भएका पदाधिकारीहरूमा उपाध्यक्ष सुबोध गौतम, महासचिव सृष्टि काफ्ले तथा कोषाध्यक्ष भिष्मराज ओझा निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै, पूर्ण सदस्यमा प्रकाश रिमाल र टीका बन्धन, विज्ञ सदस्यमा विजयराज पौडेल पनि निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त राजेश घिमिरेले जनाएका छन् ।

साधारणसभाले पूर्णहरि अमात्यको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ । उक्त समितमा राम प्रसाद हुमागाईं र अमिका राजथला सदस्यका रूपमा रहेका छन् ।

साधारणसभाका अवसरमा पत्रकार विद्या राई वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । राई समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने ३९ औँ पत्रकार हुन् । उनी नेपाल न्यूज डटकमकी विशेष संवाददाता हुन् ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले आफ्नो ४१औँ वार्षिक साधारणसभामा उनलाई ‘वातावरण पत्रकारिता पुरस्कार–२०२५’ प्रदान गरेको हो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगका निर्वतमान कार्यवाहक अध्यक्ष एवं समूहका विज्ञ सदस्य जुद्धबहादुर गुरूङ र समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले राईलाई नगद र सम्मानपत्र प्रदान गरे ।

समूहले वातावरण र दिगो विकासका विविध विषयहरूमा पत्रकारहरूलाई प्रोत्साहन गर्न विगत ४ दशकयता हरेक वर्ष वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

गत वर्ष (सन् २०२५ मा) वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनहरूमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट प्राप्त आवेदन मध्येबाट राई सर्वोत्कृष्ट चयन भएकी हुन् ।

पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२५ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन सार्वजनिक आह्वान गरेको थियो ।

समूहका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा पूर्व महासचिव संगीता लामा र विज्ञ सदस्य बटुकृष्ण उप्रेती सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा राईलाई पुरस्कार दिने निर्णय गरिएको हो ।

यससँगै समूहले २०२५ का लागि उत्कृष्ट र प्रशंसनीय रिपोर्टिङ गरेका अन्य ५ जना पत्रकारहरूलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२५’ प्रशंसा पत्र प्रदान गर्न सिफारिस गरेको छ । रासस