१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन
अ अ+ अ-

बागलुङ। बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालमा चिकित्सक अभावमा रोकिएका चार विशेषज्ञ विभाग एक महिनादेखि नियमित सञ्चालनमा आएका छन् ।

पछिल्लो एक वर्षदेखि रोकिएका विभागमा विशेषज्ञसहितको सेवाले निरन्तरता पाएको हो । धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माका अनुसार अस्पतालमा मनोरोग, नाक, कान तथा घाँटीसम्बन्धी, यौन तथा छाला रोग र प्याथोलोजी विभागले एक महिनादेखि नियमित सेवा सञ्चालन गरेका छन् ।

मनोरोग विभाग चिकित्सक अभावमा एक वर्षदेखि सञ्चालनमा आउन नसकेको बताउँदै उहाँले १० महिनादेखि यौन तथा छाला रोग विभाग प्रभावित बनेको जानकारी दिनुभयो ।

पाँच महिनादेखि प्रभावित बनेको नाक, कान तथा घाँटी रोग विभाग र प्याथोलोजी विभाग पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष शर्माले उल्लेख गर्नुभयो ।

“अस्पतालले विभागको सेवा अन्य चिकित्सकबाट दिँदै आएको थियो। विशेषज्ञ सेवा दिन सोही विभागको चिकित्सक आवश्यक पर्ने भएकाले चिकित्सक आपूर्ति गरी विभागलाई सक्रिय बनाएका छौँ”, उहाँले भन्नुभयो, “मनोपरामर्शदाताको अभावमा बिरामी पोखरा, काठमाडौँलगायत क्षेत्र जानुपर्ने बाध्यता अब भने अन्त्य भएको छ ।”

धौलागिरि प्रादेशिक अस्पताल बागलुङले विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै थप चार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

अस्पतालले नाक, कान तथा घाँटी रोग, छाला रोग, मनोरोग र प्याथोलोजीसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो ।

धौलागिरि अस्पताल बागलुङका अनुसार नाक, कान तथा घाँटी रोगतर्फ डा मनिष न्यौपाने, छाला रोगतर्फ डा सुभि रिजाल, मनोरोगतर्फ डा इला थापा र प्याथोलोजीतर्फ डा कविता घिमिरेबाट सेवा प्रदान भइरहेको छ ।

नाक, कान तथा घाँटी रोगतर्फ कान, नाक र घाँटीका समस्या, श्रवण तथा साइनोसाइटिस (साइनस) र घाँटीसम्बन्धी समस्या, इन्डोस्कोपी र शल्यक्रियासम्बन्धी सेवा उपलब्ध हुनेछ भने छाला रोगतर्फ छाला, कपाल र नङसम्बन्धी समस्या, एलर्जी तथा सङ्क्रमण, पिम्पल्स, दाग तथा छालाको सुन्दरतासम्बन्धी समस्या र लेजर तथा केमोथेरापी सेवा उपलब्ध हुनेछ ।

मनोरोगतर्फ चिन्ता, तनाव तथा डिप्रेसन, मानसिक स्वास्थ्य परामर्श, निद्राको समस्या, बाल तथा वृद्ध मानसिक स्वास्थ्य र लत तथा व्यवहारसम्बन्धी उपचार तथा परामर्श सेवा दिइनेछ ।

प्याथोलोजीतर्फ रगत, पिसाब तथा दिसाको जाँच, हर्मोन तथा बायोकेमिस्ट्री, हिस्टोप्याथोलोजी र माइक्रोबायोलोजी परीक्षणलगायत सेवा उपलब्ध हुने धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले १८ जना विशेषज्ञ तथा १३ जना मेडिकल अधिकृत कार्यरत छन् । रासस